एनआरएन अमेरीका टेक्सास च्याप्टर महासचिवमा अष्टिनबाट पदम ठकुराठीको उम्मेद्धारी
Saturday, June 24th, 2017, 8:19 am
amit
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनमा टेक्सास च्याप्टर महासचिवमा अष्टिन निवासी पदम ठकुराठीले उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
करिब १० वर्ष देखी अष्टिनमा बसोबास गर्दै आएका सफल व्यवसायी ठकुराठीले समाज सेवा प्रतिको चाहना पुरा गर्न एनआरएन टेक्सास च्याप्टर महासचिवमा उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । हाल अष्टिनका नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटीको उपाध्यक्ष भएर काम गरिरहेका सामाजिक अभियन्ता ठकुराठीले समाजसेवाको दायरा फराकिलो बनाउन आफ्नो उम्मेद्धारी रहेको बताउनुभयो ।
नेपालमा रहंदा समेत बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका ठकुराठीले समाजसेवा प्रतिको रुचीलाई साकार पार्न फराकिलो दायरा भएको एनआरएन टेक्सास च्याप्टर महासचिवमा उम्मेद्धारी घोषणा गरेको बताउनुभयो । समाजसेवा लिनलाई होइन केही दिनलाई हो भन्ने भावनाबाट प्रेरित भई साथीभाइहरुको साथ, सल्लाह र समर्थन सहित महासचिवमा उम्मेद्धारी घोषणा गरेको ठकुराठीको भनाई छ ।
समाजसेवा प्रतिको तिब्र इच्छालाई सबैको साथ र सहयोगले पुरा गर्ने आंट गरेर कम्मर कसेको छु ठकुराठीले भन्नुभयो – “प्रवासी नेपालीको समृद्धि र एकता तथा समस्यामा परेका नेपालीहरुका लागी केहि गर्ने अठोट लिएको छु ।”
सहमती र सहकार्य गर्न आफु संधै तयार रहेको बताउंदै ठकुराठीले टेक्सास च्याप्टर महासचिवमा बिजयी बनाउन सबैमा आग्रह गर्नुभएको छ । नेपालको डडेल्धुराबाट अमेरीका आएका ठकुराठी अष्टिनमा सफल व्यवसायीको रुपमा परिचित हुनुहुन्छ ।