जिभियन र आदर्शलाई भलिबलको उपाधि
Sunday, December 25th, 2022, 9:44 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० पुष
युनाइटेड चौथो प्याब्सन भलिबल कप २०७९ प्रतियोगिता आईतबार सम्पन्न भएको छ । युनाइटेड एजुकेसन ऐकेडेमी स्कुलले मुख्य प्रायोजन गरेको प्रतियोगितामा छात्र तर्फ जिभियन माबि प्रथम, युनाईटेड माबि दोस्रो र आदर्श माबि तेस्रो भएको छ ।

….
शिक्षक तर्फको खेलमा सनबिम माबि प्रथम भएको छ भने पशुपति माबि दोस्रो र फ्लोरिड एकेडेमी माबि तेस्रो भएको छ । यसैगरी छात्रा तर्फ आदर्श माबि प्रथम भएको छ भने जय बागेश्वरी माबि दोस्रो र जिभियन माबि तेस्रो भएको छ ।
नेपालगन्ज नगर प्याब्सनको आयोजनामा भएको प्रतियोगितालाई युनाइटेड एजुकेसनल एकेडेमी नेपालगन्जले मुख्य प्रायोजन गरेको थियो ।

….
प्रतियोगितामा नेपालगन्ज नगर प्याब्सनसँग आवद्ध १८ बिधालयले सहभागिता जनाएका थिए ।
गत शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका वन बातावरण तथा भुसंरक्षण मन्त्री सुरेन्द्र हमालले रेफ्रीहरुलाई बल दिएर प्रतियोगिताको उद्घाटन गरेका थिए ।
नेपालगन्ज नगर प्याब्सन अध्यक्ष बिकास बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा अतिथिको रुपमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तरुण कुमार बज्राचार्य लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । उद्घाटन समारोहमा नेपालगन्ज नगर प्याब्सनका सह–सचिव हेमन्त काफलेले स्वागत मन्त्ब्य राखेका थिए ।
तिन दिने प्रतियोगितामा विद्यालय स्तरीय शिक्षकहरुको पनि खेल राखिएको थियो ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगिताले सहयोग गर्ने प्याब्सन नेपालगन्ज नगरका अध्यक्ष विकास बज्राचार्यले बताए ।
खेलमा प्रथम हुने शिक्षक टिमलाई १५हजार दोस्रो हुने टिमलाई १० हजार ,र तेस्रो हुने टिमलाई ५हजार प्रदान गरिने छ भने प्रथम हुने छात्र र छात्रा दुवै टिमलाई ७ हजार दोस्रो हुने टिमलाई ५ हजार र तेस्रो हुने टिमलाई ३ हजार प्रदान गरिने छ ।
विजय खेलाडीलाई प्याब्सन दिवसका दिन पुरस्कार वितरण गरिने छ ।