‘टुर डे ठाकुरद्वारा’ को सचिवालय उद्घाटन
Monday, December 26th, 2022, 9:13 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १० पुष
नेपालगन्ज साइक्लिङ क्लबले हरेक बर्ष आयोजना गर्दै आइरहेको ‘टुर डे ठाकुरद्वाराको’ पाँचौ संस्करण यसबर्ष माघ २७–२८ गते हुने भएको छ । नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले नेपालगन्ज साइकल उत्सव अन्तर्गत आयोजना गर्न लागेको ‘टुर डे ठाकुरद्वारा’को सचिवालय आईतबार उद्घाटन गरिएको बताए ।
लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले एक समारोह का विच टुर डे ठाकुरद्वारा–२०७९ को सचिवालय उद्घाटन गर्दै सो कार्यक्रमले बाँके र बर्दियाका पर्यटकीय क्षेत्र को प्रचार–प्रसारमा महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।
साथै उनले कार्यक्रम आयोजना गरेकोमा नेपालगन्ज साइक्लिङ क्लबको प्रसंशा गरे । सांसद खत्रीले कार्यक्रममा आफू पनि सहभागिता जनाउने प्रतिबद्धता सहित कार्यक्रम लाई आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
क्लब का अध्यक्ष सतिश निरौलाले सचिवालय उद्घाटन सँगैं अब आफुहरु कार्यक्रम लाई भब्य रूपमा सम्पन्न गर्न लागेका जानकारी दिंदै यसबर्ष भारतिय शहरहरु कस्मिर, मुम्बई, दिल्ली , चन्डिगढ, लुधियाना, बरेली, लखनउ, पन्जाब, नैनिताल लगायत का ठाउँ बाट झन्डै ५० बढी सहभागी र नेपालका ७ वटै प्रदेशका सबै शहर बाट गरि १०० बढी र स्थानीय बाँके÷ बर्दिया बाट १०० बढी सहभागी गरि २५० बढी साइक्लिस्टहरुको सहभागिता रहने बताए ।