डालसमा हुने नेप्लिज अमेरीकन कन्भेन्सनको तयारी पुरा, पासपोर्ट बनाउने शिबिर स्थगित
Thursday, June 29th, 2017, 6:51 am
amit
डालस (टेक्सास)- यही जुन ३० देखि जुलाई २ सम्म हुने अमेरिकाको टेक्सास डालसमा हुन् गई रहेको दोस्रो नेप्लीज अमेरिकन कन्भेन्सनको तयारी पुरा भएको छ l
सबै समिति तथा उप समितिले आ-आफ्नो जिम्मेवारी बहन गर्दै सम्मेलनलाई पूर्ण सफलता बनाउन कुनै कसर नछोड्ने सुबेदीले थप जानकारी दिएका छन् l सम्मेलनको आकर्षण भेषभूषा प्रदर्शन को साथै खेलकुद, मनोरंजन, विविध मञ्च, गोष्ठी, व्यापार प्रदर्शन, बालबालिका प्रतिभा प्रतियोगिता, सांस्कृतिक कार्यक्रम समेत रहने भएको छ l
सम्मेलन को आयोजना एफ १ समूहले गरेको हो भने नेपाली समाज टेक्सस को सहयोगमा सम्मेलन हुने छन् l सम्मेलनको अवसरमा अमेरिकाका विभिन्न राज्यहरू बाट हाल सम्म बास्केट बलमा ८ वटा टोली ,भलिबल ५ वटा टोलि ,क्रिकेट ४ वटा टोली तथा महिला तथा बालबालिकाका भलिबल र बास्केट बल खेल पनि संलग्न गरिने भएको छ l उक्त सम्मेलनको सांस्कृतिक कार्यक्रम अन्तर्गत मेगा कन्सर्टमा प्रज्वल बज्रचार्य ,राजेन्द्र कर्ण ,फिरोज स्याँग दन ,रेन्जी शेर्पा तथा रोकेश गुरुङ पूर्ण तयारीमा जुटेका छन् l
यसै गरी सांस्कृतिक कार्यक्रमको लागी नलिना चित्रकार ,सन्दिप छेत्री ,मम्पी घोष ,प्रियंका कार्की ,विवेक श्रेष्ठ ,समीर आचार्य ,प्राथना ,भबिषा ,अनुषा कार्की ,सक्षम मिश्रा ,रस्मिता भण्डारी ,सोनी राज भण्डारीको प्रस्तुति को साथै स्थानीय प्रतिभाशाली कलाकारहरूको समेत प्रस्तुत रहने छ l
यसैबीच सम्मेलनका अवसरमा नेपाली समाज टेक्सासको पहलमा हुने भनिएको पासपार्ट (राहदानी) बनाउने शिबिर स्थगित भएको छ । नेपाली दुतावासले पासपार्ट शिविरको लागी आधिकारीक अनुमती नदिएपछि अन्तिम समयमा आएर पासपार्ट बनाउने शिबिर स्थगित भएको नेपाली समाज टेक्सासका महासचिव कमल सत्यालले जानकारी दिनुभयो ।