प्रधानमन्त्री समक्ष विज्ञान र प्रविधिको विकासको लागि अपिल
Sunday, January 8th, 2023, 11:18 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २४ पुष
नेपालगन्जमा हुन लागेको ‘हिमालयन साईन्स फेस्टिवल’को आयोजक टिमले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ । फेस्टिबल आयोजक हिमालयन साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेत, फाउण्डेशनका सदस्य डा. निकोलस भुषाल सहितको आयोजक टिमले प्रधानमन्त्रीलाई भेटेर नेपालगन्ज आउनको लागि निमन्त्रण समेत गरेको छ ।
भेटका क्रममा प्रधानमन्त्रीसँग सन् २०२३ लाई ‘विज्ञान, प्रविधि तथा विद्युतीय सुशासन वर्ष’ घोषणा गर्न अपिल गरिएको हिमालयन साईन्स फेस्टिवल आयोजक टिमका अध्यक्ष बस्नेतले बताए । भेटका क्रममा प्रधानमन्त्रीले विज्ञान प्रविधिको विकासमा निम्ति आफु सधै सकारात्मक रहेको भन्दैं नेपालगन्जमा हुन लागेको फेस्टिवलमा सहभागि हुने प्रयास गर्ने बताएका छन् ।

…………
हिमालयन साईन्स फाउण्डेशनले फागुनको २ र ३ गते नेपालगन्जमा साईन्स फेस्टिवलको दोस्रो संस्करण आयोजना गर्ने तयारी गरिरहेको छ । त्यसअघि आयोजक टिमले प्रधामन्त्रीसँग भेटेर विज्ञान र प्रविधिको विकासका निम्ति अपिल गरेको छ ।
फाउण्डेशनले प्रधानमन्त्री समक्ष हरेक स्थानीय तहमा सामुदायिक विज्ञान प्रविधि केन्द्रको स्थापना गर्ने, जहाँ वैज्ञानिक अध्ययन अनुसन्धानको वातावरण बनाउन, ‘प्रधानमन्त्री नव प्रवर्तन’ कार्यक्रमको सुरुआत गर्ने, सो कार्यक्रमद्धारा नेपालमा नव प्रवर्तनको प्रवद्र्धन गर्न, नेपाल सरकार र सेवाग्राही बिच सबै सेवाहरु विद्युतीय माध्यममा परिणत गर्ने लगायतका विभिन्न ९ बुंदे अपिल गरिएको अध्यक्ष बस्नेतले बताएका छन् ।
यसैगरी फाउण्डेशनले स्वास्थ्य सेवा, स्वास्थ्य सम्बन्धी सुचनाहरु, अस्पताल व्यवस्थापन, बिमालाई एकीकृत विद्युतीय प्रणालीमा आवद्धता, विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणितका विद्यार्थीहरुलाई प्रोत्साहनका कार्यक्रमहरु संचालन गर्ने, शैक्षिक संस्थाहरुमा एसटीइएम अध्यक्ष बस्नेतका अनुसार विषयमा थप शिक्षकको दरवन्दी स्थापना गर्ने, शैक्षिक प्रयोगशालाहरुको अनुगमन गरी परिक्षण तथा स्तर निर्धारण गर्ने, स्तरोउन्नतीका कार्यक्रमहरु लागु गर्ने, हरेक विद्यालयहरुले हरेक वर्षको कम्तीमा एकपटक आन्तरिक विज्ञान, प्रविधि प्रदर्शनीको आयोजना गर्नुपर्ने र प्रदेश स्तरीय विज्ञान, प्रविधि प्रदर्शनीको आयोजना गर्न सरकारले सहयोग गर्नु पर्ने अपिल गरिएको छ ।
सरकारलाई विज्ञान, प्रविधिको विषयमा ध्यानाकर्षण गराउनको लागि अपिल पत्र जारी गरेको अध्यक्ष बस्नेतले बताए । उनले भने,‘देशको समृद्धिका लागि विज्ञान, प्रविधिको आवश्यकता छ । यसको महत्व छ । तर हामीले विज्ञान र प्रविधिलाई राम्ररी बुझने प्रयास समेत गरेका छैनौं । राज्य स्तरका बाट यसको निति र योजना बने देशका लागि फाइदा हुनेछ । यस तर्फ सरकारका ध्यान जाओस भनेर पनि हामीले विभिन्न विषयमा सुझाव दिदैं अपिल पत्र जारी गरेका हौं ।’