विमान दुर्घटनामा मृत्यु हुनेको सम्झनामा दीप प्रज्वलन
Wednesday, January 18th, 2023, 7:18 pm
Kalpristha

…………..
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ४ माघ
पोखरामा माघ १ गते भएको विमान दुर्घटना ज्यान गुमाउनेहरुको सम्झनामा नेपालगन्जमा दीप प्रज्वलन तथा श्रद्धाञ्जली सभा सभा गरिएको छ । गत आइतबार काठमाडांैबाट पोखराका लागि उठेको यति एयरलायनसको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान पोखरा विमान स्थल नजिकै दुर्घटना ग्रस्त भएको थियो । जसमा सवार सबै यात्री तथा चालकदलको मृत्यु भएको थियो ।

………..

………….
६८ यात्रुसहित चार चालक दलका सदस्य लिएर काठमाडौंबाट पोखराका लागि उडान भरेको विमान पोखरा विमान स्थल नजिकै सेतीनदीको खोंचमा दुर्घटना भएको थियो । दुर्घटनामा मृत्यु हुनेहरुको सम्झनामा बुधबार नेपालगन्जको धम्बोझी चौकमा पर्यटन व्यवसायीहरुले दीप प्रज्वलन गरेका थिए । नेपाल एशोसियशन अफ टुर एण्ड ट्राल्स एजेन्ट्स (नाटा) बाँके च्याप्टरले गरेको कार्यक्रममा पर्यटन व्यवसायी, विभिन्न एयरलायन्सका कर्मचारी, उद्योगी, व्यवसायी र पत्रकारहरुको सहभागिता रहेको थियो ।
पोखरामा भएको विमान दुर्घटना भएको दिन नेपाली पर्यटन व्यवसायीहरुको लागि एउटा कालो दिनको रुपमा रहेको बताउँदै मृत्युहरुको आत्ममा चीर शान्तिको कामना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नाटा बाँके अध्यक्ष श्रीराम सिग्देलले बताए । नाटाले देशभर आफनो शाखा रहेको जिल्लामा बुधबार दीप प्रज्वलन र शोक सभा गरेको छ । नेपालगन्जमा भएको कार्यक्रममा आउने सम्पुर्णलाई अध्यक्ष सिग्देलले धन्यवाद दिएका थिए । प्रयर्टन प्रवर्दन मंच बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पोखरामा भएको विमान दुर्घटनाले सम्पुर्ण नेपालीलाई दुखी बनाएको भन्दैं नेपालमा हवाई सुरक्षा तर्फ सरकारले ध्यान दिनु पर्ने धारणा राखेका थिए ।