नेपालगन्जमा हुने महोत्सवको तयारी तीब्र, सचिवालय स्थापना
Wednesday, January 18th, 2023, 8:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगञ्जमा हुन गईरहेको ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को तयारी तीब्र रुपमा अगाडी बढेको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना र सिवालय सेक्युरिटी एण्ड मल्टी प्रपोज कम्पनी प्रा.ली. को सहआयोजनामा यही माघ १० गते देखि २४ गते सम्म नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ स्थित सडक डिभिजन कार्यालय कारकादोको परिसरमा ‘चौथो प्रादेशिक औद्यौगीक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव २०७९’को सम्पूर्ण तयारी तीब्र रुपमा अगाडि बढेको प्रचारप्रसार समितिले जनाएको छ ।
पचारपसार समिति अनुसार महोत्सवका लागि सम्पुर्ण फिल्डका कार्यहरुलाई तीव्रता दिईएको छ । स्टल निर्माण, वाल उद्यान निर्माण र सजावटको कामलाई तिव्र पारिएको हो । महोत्सव परिसर टिनले बार्ने कार्य भइसकेको छ भने आज देखि मुख्य आकर्षण स्टेज समेत निर्माण थालिएको छ ।
यसैविच महोत्सवको तयारीका लागि सम्र्पक सचिवालय स्थापना गरिएको छ । महोत्सवको तयारी तीब्र रुपमा अगाडी बढेसंगै नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ स्थित कारकादो नजिकै सचिवालय स्थापना गरिएको हो । सचिवालय कारकादो स्थित रहेको माछापुच्छे्र बैंकको पारीपट्टी सचिवालय राखिएको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव जिआर भुसालले जानकारी दिए ।
कलाकार सहितको महोत्सवको प्रचा पम्पलेट टाँस्ने, मिडिया मार्फत प्रचारप्रसार गर्ने, अटोहरुमा व्यानर टास्ने र जिङ्गल बजाएर विभिन्न स्थानमा प्रचार प्रसार सुरु समेत गरिएको सचिवालयले जनाएको छ ।
‘समृद्ध नेपालको प्रमुख आधार कृर्षि, उद्योग, पर्यटन संस्कृति र व्यापार प्रवद्धनका साथ नागरिक स्वरोजगार’ भन्ने मुल नाराका साथ उक्त महोत्सव आयोजना हुन लागेको नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले जानकारी दिईन ।
अध्यक्ष खड्काले भनिन्, ‘विगत केही वर्ष देखि देशमा आर्थिक संकटले व्यवसायीहरु बढी मारमा परिरहेका छन् । यसलाई मध्य नजर गरी यो महोत्वसको आयोजना गरिएको हो ।’
महोत्सवमा यस क्षेत्र मै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुने छ । जसमा नेपालकै उत्कृष्ट इन्टरनेशनल खेलाडी दावा थापा लगायतका खेलाडीको सहभागिता रहने छ ।
महोत्सवमा प्रवेशका लागि ६० रुपैया प्रवेश शुल्क र विद्यार्थीलाई ५० रुपैंया टिकट दर राखिएको प्रचारप्रसार समितिले जनाएको छ । जेष्ठ नागरिक एवं ‘ग’ र ‘घ’ वर्गका अपाङ्गताका लागि परिचयपत्रको आधारमा ५० रुपैंया तोकिएको छ भने पुर्ण अशक्त र अति अशक्त अपाङ्गता भएकाहरुका लागि प्रवेश निशुल्क हुनेछ । यस्तै विषेश पासका लागि ५ सय रुपैंया तोकिएको छ । जसमा महोत्सव अवधि भर फोटो सहितको पास कार्ड निशुल्क उपलब्ध गराइनेछ ।
महोत्सवमा २९० देखि ३०० वटा औद्यौगीक पर्यटन तथा व्यापारिक प्रतिष्ठान, लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता क्षेत्रका स्टलहरु रहनेछन जसभित्र थारु होमस्टे, थारु गाउँ पनि रहने छ । महोत्सव भित्र टिकटक पारखीका लागि टिकटक प्वाइन्ट समेत रहने छ ।
यस्तै, खेलमा बाल उद्यान लगायतका विभिन्न खेलहरुको स्टल समेत रहने छ महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ जसमा ५० बढि कलाकारहरुको सहभागिता रहने छ महोत्सव अवधिभर करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटनको दिन धम्बोझी देखि कार्यक्रम स्थलसम्म भव्य झाँकी समेतको आयोजना गरिने आयोजकले जनाएको छ । महोत्सवमा १२ जिल्लाका उद्यमीहरुको उत्पादन गरेको वस्तुलाई पहिलो प्रथामिकता तथा स्थानिय बस्तुलाई पनि प्रथामिकता दिईनेछ ।