डालसका युवा उद्यमी तथा समाजसेवी शुशिल एनआरएनए बोर्ड अफ डाइरेक्टरका उम्मेद्धार
Tuesday, July 11th, 2017, 1:59 am
amit
डालस- टेक्सासको डालसका युवा उद्दमी तथा समाजसेबी शुशिल छेत्रीले गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएका छन् ।
२ दशक देखी टेक्सासमा बसोबास गर्दै आएका शुशिल सानै उमेर देखी स्थानिय समाजको सु:ख-दु:ख, मर्दा-पर्दा, धर्म-कर्म, चाड-बाडमा हमेशा अग्रसर छन् । बिपत्तीमा परेका नेपालीहरुका लागी बन बचनले सहयोग गर्ने शुशिल १९ बर्ष को उमेरमा विद्यार्थी भिसामा अमेरीका आएका हुन् ।
२१ बर्ष अघि अमेरिका आएका छेत्री डालसका सफल व्यवसायी हुन । रेस्टुरेन्ट, पार्टी प्यालेस्, तेल पम्प्, फूड स्टोरका मालिक नेपाली युवाहरुका बिच नेपाली सल्मान खानका नामले पनि चिनिन्छन । स्थानिय बास्केट बल् टिम होस या फुट्बल टिम सदैब सहयोग गर्ने शुशिल ड्ल्लासका नयाँ पिडिका युवाहरुका लागी इन्स्पिरेसन हुन ।
उनि भन्छन- समाज सेवा या देश सेवा गर्नका लागी संस्थामा हुन आवस्यक पर्दैन । तर संस्थागत रुपमा प्रभाबकारी काम गर्नका लागी संस्था भित्र हुनुपर्ने भएकाले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी दिएको हुं । छेत्री थप्छन म यस समाजको एक ब्यक्ती हु र मेरो दायित्व हुन्छ कि आफ्नो र आफु बसेको समाजको बिकास र निरन्तरताका लागी केहि न केहि गर्नु पर्दछ यही नै हामी हिन्दू धर्मवालम्बी हरुको कर्म हो र हाम्रो कर्म नै हाम्रो धर्म हो भन्ने बिस्वासका साथ म अगाडी बडेको छु ।
उनि भन्छन- तपाइको भोटलाई म खेर जान दिन्न । तपाईं ले मलाई बिस्वास गर्नुश । म तपाईहरुको चाहना , जिज्ञासा,बिचार्,सोच्, र परिवर्तन को आवज बनेर ” एन.आर.एन” मा धड्किने छु प्रतिनिधित्व गर्ने छु ।