नयाँ लघु उद्यमी व्यवसाय सचेतना तालिम खजुरामा सम्पन्न
Thursday, February 2nd, 2023, 9:04 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ माघ
खजुरा गाउँपालिका, बाँकेले गरिवी निवारणका लागी लघु उद्यम विकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमीहरु लाई ८ दिन सम्म संचालन गरिएको व्यवसाय सचेतना तथा शुरु तालिम एवम् लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण तालिमको समापन गरिएको छ । खजुरा गाउँपालिका वडा नम्बर २ मा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय नृपाराज उपाध्यायले तालिमको समापन गरेका थिए ।

…..
उक्त ८ दिने तालिममा व्यवसाय सचेतना तालिमको संमिक्षा तथा सिकाई बारे छलफल र बजार र बजारीकरण बारे जानकारी , माग तथा आपूर्तीकर्ता आम्दानीका स्रोतहरु तथा यसका प्रकारहरु बारे जानकारी आधारभूत व्यवसायको व्यवसायिक अवसरको पहिचान ग्राहकको पहिचान तथा प्रतिष्पर्धी को हुन् ग्राहकको सन्तुष्टी माग तथा आपूर्तिकर्ता आयमूलक, स्वरोजगार र व्यवसायमा भिन्नता, व्यवसाय गर्दाको महत्व तथा फाईदा जानकारी ,व्यवसाय दर्ता प्रक्रिया सहुलियत तथा वित्तमा पहुंच व्यवसायको पहिचान तथा छनौट माग तथा आपूर्तीकर्ता बारे जानकारी दिईएको लघु उद्यमी प्रमुख आसा चौधरीले जानकारी दिइन् ।

…..
उक्त समापन कार्यक्रम बोल्दै प्रमुख प्रशासकीय नृपाराज उपाध्यायले उद्यमी भनेको सानो उद्यमी आफैमा जिविकोपार्जन भएकोले खजुरा गाउँ पालिकाले ८ दिन खजुरा वडा नम्बर १ र २ का तालिम लिएका दिदिबहिनी दाजुभाइहरुले यस तालिम बाट सिकेर लघु उद्यमी बन्नका लागि टेवा पुग्ने र उत्पादनलाइ निरन्तरता दिनैगरे उद्यमीले उत्पादन गरेको वस्तुलाई खजुराको स्थानीय सरकारले बजारिकरण गरिदिने जानकारी दिए ।