सिमसार क्षेत्रको संरक्षणमा स्थानीय अग्रसर हुनुपर्छः मन्त्री केसी
Thursday, February 2nd, 2023, 11:23 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १९ माघ
लुम्बिनी प्रदेश मन्त्री कृष्णा केसी (नमुना)ले सिमसार क्षेत्रको पुर्नस्थापना आजको आवश्यकता रहेको बताएकी छिन् । बिहीबार सिमसार दिवसको अवसरमा बाँके राष्ट्रिय निकुञ्जले गरेको कार्यक्रममा बोल्दै मन्त्री केसीले सो कुरा बताएकी हुन् । प्रकृति, प्राणी, मानव जीवन र समग्र इको सिस्टममा सिमसारले सन्तुलित भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको बताउँदै उनले सिमसारले विभिन्न दुर्लभ प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई वासस्थान दिनुका साथै जलस्रोत संरक्षण, बहाव र गुणस्तर कायम राख्ने बताईन ।
उनले भनिन, ‘सिमसार एक गतिशील, विविधतायुक्त उर्वर पारिस्थितिक प्रणाली हो । यो जैविक, सामाजिक, पर्यावरणीय र आर्थिक दृष्टिकोणले मूल्यवान प्राकृतिक प्रणालीको अंश हो । यसको संरक्षण अति नै आवश्यक छ ।’
मन्त्री केसीले सिमबार क्षेत्रको पुर्नस्थापनाको साथै यसको संरक्षण अहिलेको आवश्यकता रहेको दाबी गरिन् ।
सिमसार क्षेत्रहरुको संरक्षण गर्नुपर्ने दायित्व सबैको रहेको बताउँदै मन्त्री केसीले स्थानीय स्तरमा रहेका सिमसारहरुको संरक्षणको लागि स्थानीय नागरिकहरुलाई नै अग्रसर गराउनुपर्ने भनाई राखेकी थिइन् ।