अनियमितता ढाकछोप गर्न सुचना लुकाउन्छन डोल्पाका कार्यालय प्रमुख
Friday, February 3rd, 2023, 1:03 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा, २० माघ
सहि सुचना प्रवाह असल सुशासनको प्रमुख आधार भनिएपनि डोल्पाका कार्यालय प्रमुखहरु आफ्नो अनियमितता ढाकछोप गर्न सार्वजनिक सुचना लुकाउने गरेको संचारकर्मीले बताएका छन । प्रत्येक सरकारी कार्यालयमा सर्वसाधारणले मागेको सुचना दिन सुचना अधिकारी राख्ने सरकारको नियम भएपनि कतिपय कार्यालयमा सुचना अधिकारी नै छैनन भने भएकाले पनि आफुलाई थाहा छैन प्रमुखलाई सोध्नु पर्छ भनेर सुचना दिन आलटाल गर्ने गरेको गुनासो जिल्लाका संचारकर्मीको छ ।
जिल्लामा सुचनाको हक कार्यान्वयनको प्रभावकारीता जिल्ला प्रशासनले खेल्नु पर्ने भूमिका र संचारकर्मीको दायित्व सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरा बताएका हुन ।
भर्खरै सरुवा भएर जिल्ला प्रशासन कार्यालयमा आउनु भएका प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले आफुले सुचनाको हक कार्यान्वयमा कुनै कसुर वांकी नराख्ने उल्लेख गर्दै सुचना लुकाउने समयमा मागेको सुचना नदिने सार्वजनिक हितका सुचना प्रवाहा नगर्ने सरकारी कार्यालयका प्रमुखहरुलाई कारवाही समेत गरिने बताउनु भयो ।
अन्तरक्रिया कार्यक्रममा संचारकर्मी विष्णुलाल बुढा लेख बुढा टेकबहादुर शाही गायत्री शाही लगायतले आफुहरुले मागेको सुचना समयमै नदिने गरेको अधिकाँश सुचनाहरु लुकाइने गरेको गुनासो गर्नु भएको थियो ।
सुचना माग्न जाँदा आज कार्यालय प्रमुख हुनु हुन्न हामीलाई थाहा छैन भन्ने गर्छन भने कतिपय कार्यालयमा सुचना अधिकारी राखिएपनि कुनै जानकारी छैन भने आलटाल गरी भाग्ने प्रयास गर्छन यस्तो अवस्थामा सर्वसाधारणले कसरी सुचना पाउा सक्छन संचारकर्मी विष्णुलाल बुढाले बताउनु भयो ।
मुख्यत जिल्ला पशु कार्यालय जिल्ला कृषि विकास कार्यालय जिल्ला बागवानी कार्यालयमा सबैभन्दा सुचना लुकाइने गरेको र कृषक लक्षित कार्यक्रम राजनीतिकदलका आसेपासे र आफन्त नातागोताहरुलाई वर्षनी कार्यक्रम दिने गरी छनौट गर्ने गरेको पाइएकोले प्रशासनले आफ्नो नियमनकारी भुमिका प्रभावकारी रुपमा निभाउन संचारकर्मीले आग्रह गरेका छन ।
कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख कार्यालय प्रमुख र संचारकर्मीको सहभागिता रहेको थियो ।