पुर्व विद्यार्थीले गरे जनतामा निःशुल्क स्वास्थ्य शिविर
Friday, February 3rd, 2023, 8:06 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० माघ
बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ सन्तकुटीमा रहेको जनता माध्यमिक विद्यालयको पुर्व विद्यार्थी समाजद्धारा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । शुक्रबार गरिएको शिविरमा विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।
जनता माध्यमिक विद्यालयले यसै महिना स्वर्ण जयन्ती मनाउँदैछ । स्वर्ण जयन्तीको अवसर पारेर स्वास्थ्य शिविरको आयोजना गरिएको पुर्व विद्यार्थी समाजका अध्यक्ष अध्यक्ष झविलाल शर्माले बताए ।

…….
स्वास्थ्य शिविरमा नाक, कान, चर्म रोग, जनरल चेकजाच, बालरोग र आखाँ सम्बन्धि विशेषज्ञ सेवा प्रदान गरिएको थियो । शिविरमा आएका बिरामीहरुलाई डा.पिताम्वर सुवेदी, डा. प्रचण्ड गौतम, डा.संकेत रिसाल, डा.आ.के.झा, डा. खगेन्द्र जंग शाह, लगायतका विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य सेवा प्रदान गरिएको थियो भने डा.पुरुषोत्तम बर्मा र मेडिकल अफिसरहरुबाट सेवा उपलव्ध भएको थियो । शिविरमा ५ सय १० जनाले आफनो स्वास्थ्य चेकजाँच गराएका थिए ।
खजुरा गाउँपालिका प्रमुख डम्वर वहादुर विक तुफानको प्रमुख आतिथ्यमा शिविरको औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
अध्यक्ष तुफानले पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा आयोजना गरेको कार्यक्रमको निकैं सराहनीय काम भएको बताए । जनता मावि सन्तकुटी खजुरा पूर्व विद्यार्थी समाजका सल्लाकार एवम् कार्यक्रमका संयोजक डा. पिताम्वर सुवेदीको अध्यक्षतामा कार्यक्रम संचालन भएको थियो । कार्यक्रमका अध्यक्ष सुवेदीले आफुले यसरी आफु अध्ययन गरेको विद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउदा खुसी लागेको बताए ।
कार्यक्रममा समाजका सल्लाकार दिल वहादुर पौडेलले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा जनता मावि सन्तकुटी पूर्व विद्यार्थी समाजका अध्यक्ष झविलाल शर्माले कार्यक्रम आयोजना गरिनुको उद्देश्यका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा समाजका अध्यक्ष शर्माले पूर्व विद्यार्थीहरुले स्वास्थ्यको माध्यमबाट आफुले अध्ययन गरेको विद्यालयमा आफ्नो दायित्व निभाउन र विद्यार्थीहरुलाई विद्यालय प्रति जिम्मेवार बनाउन कार्यक्रम राखिएको बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केयरसिंह थापाले पूर्व विद्यार्थीहरुको यो उत्साहले आफुहरुलाई थप बल पुगेको बताए ।
शिविरको लागि आवश्यक मेडिसिनहरु पूर्व विद्यार्थीहरु कार्यरत कम्पनीबाट निःशुल्क रुपमा प्राप्त भएको थियो । शिविरका लागि जनता माविमा कार्यरत पूर्व विद्यार्थी डा. प्रचण्ड गौतम, विकास दाहाल, विष्णु देवकोटा, प्रेम खरेल लगायत ब्रृनोज कान स्वास्थ्य स्यार केन्द्रका पुरन थारु, डा. अजय वैश्य, स्वास्थ्य कर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँ पालिकाले औषधी सहयोग गरेको थियो ।कार्यक्रममा विद्यालयका प्रअ महेन्द्र खत्री, पूर्व विद्यार्थी समाजका पदाधिकारी एवम् सदस्यहरु, मेडिकल अफिसर डा. पुरुषोत्तम वर्मा लगायतका स्वास्थ्य कर्मीहरु लक्ष्मी केसी, सुदिप पौडेल, खडानन्द भट्टराई, नकुल थापा, प्रसिद्ध ढकाल, अर्जुन सुनार, प्रचण्ड गौतम, तिर्थमान समेतको स्वास्थ्य कर्मीको टिमले सेवा प्रदान गरेको थियो ।