नेपालगन्ज मोडेल एकेडेमी र त्रिभुवन मावि विजयी
Sunday, February 5th, 2023, 8:07 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, २२ माघ

………
नेपालगन्ज मोडेल एकेडेमी र त्रिभुवन माविले नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा आइतबार जित हासिल गरेका छन् । मंगलप्रसाद उच्च माविको खेल मैदानमा भएको पुरुष तर्फको खेलमा नेपालगन्ज मोडेल एकेडेमीले ज्योति स्पोर्टस एकेडेमी(बी) लाई ३० रनले पराजित गरेको थियो । टस हारेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभर खेल्दै १ सय ५३ रन जोडेको थियो ।
नेपालगन्ज मोडेलका लागि कप्तान सुबेन्दु पाण्डेले सर्वाधिक ३२ रन र सद्दाम खानले ३० रन बनाए । ज्योति स्पोर्टसका लागि समिर रानाले सर्वाधिक ३ विकेट, सैजाद बागवान र दिपेश सिंजालीले २–२ विकेट लिए । जवाफमा ज्योति स्पोर्टस (बी) ले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय २३ रनमात्र जोडन सक्यो । ज्योतिका लागि समिरले अविजित २१ रन, सैजादले २० रन र दिपेश १८ रन बनाए ।

…………
नेपालगन्ज मोडेलका जानु कसगर र सैबाजले ३–३ विकेट लिए । खेलमा जानु प्लेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई बाँके जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरिक्षक हिमालयन शाहले पुरस्कृत गरेका थिए ।
महिला तर्फको खेलमा त्रिभुवन माविले नेपालगन्जको चन्द्रमेवालाल स्कुललाई सहजै १० विकेटले हरायो । टस जितेर ब्याटिङ गरेको चन्द्रमेवालाल स्कुलले ४७ रनमात्र जोडन सकेको थियो । चन्द्रमेवालालका लागि आयिस्मा गिरीले सर्वाधिक १० रन बनाईन । अन्यले खेलाडी दोहोरो स्कोर बनाउन सकेनन् । त्रिभुवनकी लक्ष्मी रानाभाटले १ विकेट लिइन् ।

……….
४८ रनको लक्ष्य पाएको त्रिभुवनले ३ ओभरमा विना विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । त्रिभुवनका लागि वुमन अफ द म्याच श्वेता सुवेदीले सर्वाधिक १८ र बिमला बुढाले अविजित ११ बनाए । त्रिभुवनले खेलमा अतिरिक्त २० रन पाएको थियो । खेलमा प्लेयर अफ द म्याच बन्न सफल श्वेतालाई समाजसेवी रेखा विष्टले पुरस्कृत गरेको प्रतियोगिता संयोजक एवम् बाँके जिल्ला क्रिकेट संघका उपाध्यक्ष सोफियान खान पठानले बताए । बाँके जिल्ला क्रिकेट संघले आयोजना र नेपालगन्ज उप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको पुरुष तर्फ समुह ‘ए’ मा ज्योति स्पोर्टस एकेडेमी (ए), फालकोन स्पोर्टस क्लब, नेपालगन्ज थन्डर, थ्रीस्टार क्रिकेट क्लब, नेपालगन्ज मोडेल एकेडेमी र ज्योति स्पोर्टस एकेडेमी(बी), समुह ‘बी’ मा श्रीचन्द्र मेवालाल स्कुल, भेरी रकर्स, बाँके बारियर्स, जागुर स्पोर्टस क्लब, रनियापुर युवा क्लब रहेका छन् । यसैगरी समुह ‘सी’ मा मंगल प्रसाद स्कुल, मोर्डन पब्लिक स्कुल, अब्दुल्लाह लायन क्रिकेट क्लब, सेन्ट थोमस स्कुल, न्यु दर्पण युवा क्लब र समुह ‘डी’ मा नेपालगन्ज किङ, नेपालगन्ज–११ रकर्स, धारा मंगोलियन स्पोर्टस क्लब, बिरता क्रिकेट क्लब, नेपालगन्ज चाम्स र कोहलपुर स्पोर्टस एकेडेमी रहेको छ ।

……….
यसैगरी महिला तर्फको समुह ‘ए’ मा नेपालगन्ज मोडेल एकेडेमी, त्रिभुवन स्कुल र श्री चन्द्र मेवालाल स्कुल तथा समुह ‘बी’ मा होलिल्यान्ड स्कुल, मंगल प्रसाद स्कुल र बाल विद्या स्कुल रहेका छन् । प्रतियोगिताको पुरुष तर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी महिला तर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ । प्रतियोगितामा पुरुष र महिला तर्फको प्लेयर अफ सिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफ म्याच बन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।

………..
प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् । प्रतियोगिता अन्तर्गत सोमबार पुरुष तर्फ भेरी रकर्स र बाँके बारियर्सबिच प्रतिस्पर्धा हुनेछ । महिला तर्फ चन्द्रमेवालाल र नेपालगन्ज मोडेल एकेडेमीबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।