पत्रकार अधिकारी र केसी पुरस्कृत
Sunday, February 5th, 2023, 9:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ माघ
प्रेस चौतारी नेपाल बाँके शाखाले दुई जना पत्रकारलाई पुरस्कृत गरेको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा आइतबार प्रेस चौतारी नेपाल बाँके शाखाले पत्रकारलाई पुरस्कृत गरेको हो ।
प्रेस चौतारी बाँकेले बाँकेको पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेर काम गरिरहेका हिमालयन टेलिभिजनका पत्रकार कृष्ण अधिकारी र पत्रकारिता क्षेत्रमा क्रियाशिल रहेकी प्रतिबोध एफएमका धना केसीलाई सक्रिय पत्रकारिता गरेको भन्दै जनही पाँच हजार सहित पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तथा नेकपा एमालेका केन्द्रिय सदस्य हारुन हल्वाईले पत्रकारहरुले विभिन्न सन्चार माध्यमबाट समाज रुपान्तरणका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
उनले प्रेस चौतारी बाँकेले बिभिन्न चुनौतीलाई सामना गर्दै २५ औं बर्षमा आईपुगेको भन्दै स्थापना दिवसका अवसरमा शुभकामना व्यक्त गरे ।
सो अवसरमा लुम्बिनी प्रदेश सांसद बसन्ती अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य भेषराज बस्नेत, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धिताल, बरिष्ठ पत्रकार पुर्णलाल चुके, प्रेस चौतारी बाँके शाखाका संस्थापक उपाध्यक्ष शिव डोटेल, नेकपा एमाले महिला नेत्री शान्ती ढकाल लगायतले स्थापना दिवसका अवसरमा शुभकामना दिएका थिए ।
स्थापना दिवसको अवसरमा बाँकेको डुडुवा गाउँपालिकामा पर्ने सिद्दिबिनायक लायन्स पार्क नानापुरमा वनभोज कार्यक्रमको आयोजना गरिएको थियो ।