खजुरा युनाइटेड र सहारा इन्डियाको जित
Tuesday, February 7th, 2023, 7:06 pm
Kalpristha
जी. थापा
नेपालगन्ज, २४ माघ

……..
खजुरा युनाइटेड क्लब दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविको खेल मैदानमा खजुरा युनाइटेडले शान्ति स्पोर्टस क्लबलाई २–० ले पराजित गरेको छ । खजुरा युनाइटेडका लागि निरज सुनारले १६औं मिनेट र सरोज क्षेत्रीले ३३औं मिनेटमा गोल गरेका थिए ।

,,,,,,,,,
यसैगरी मंगलबार भएको अर्को खेलमा सहारा क्लब इन्डियाले दाङको एसएसएफएलाई २–० ले पराजित गर्यो । सहाराका लागि बल शाहले १६औं मिनेटमा गोल गरेका थिए भने अर्को खेल सहाराका हरि कठायतले ५५औं मिनेटमा गरे । प्रतियोगिता अन्तर्गत बुधबार हुने क्वाटरफाइनलमा मोडेल क्लब र आयोजक जय किसान स्पोर्टस क्लब(ए)बिच दिउँसो १ बजे प्रतिस्पर्धा हुनेछ । अर्को क्वाटरफाइनल खेलमा न्यु डाँफे र सहारा क्लब इन्डियाबिच दिउँसो २:३० बजे प्रतिस्पर्धा हुने आयोजक क्लबले बताएको छ ।

…………
जय किसान स्पोर्टस क्लवले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल माघ २९ गते हुनेछ । नकआउटको आधारमा भैरहेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबले जनाएको छ । सोमबार मोडेल क्लवविरुद्ध एफसी–११ बर्दिया र न्यू डाँफे स्पोर्टस क्लवविरुद्ध रारा जनचेतना युवा क्लवका बीचमा हुनेछ ।

…………