खजुरामा जेष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण
Tuesday, February 7th, 2023, 8:24 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २४ माघ
जेष्ठ नागरिकका लागि स्वास्थ्य प्रवद्र्धन कार्यक्रम खजुरा गाउँपालिकाको वडा नम्बर ३ मा सम्पन्न भएको छ । मंगलबार खजुरा गाउँपालिका वडा नम्बर ३ को कार्यालय परिसरमा भएको कार्यक्रममा जेष्ठ नागरिकको हरुको स्वास्थ्य परिक्षण गर्दै निःशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।
खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा भएको स्वास्थ्य प्रवद्र्धन कार्यक्रममा वडा भित्र रहेका जेष्ठ नागरिकहरुको सेवा लिएका थिए । कार्यक्रम खजुरा गाउँपालिका वडा नम्बर ३ को सहयोगमा भएको थियो ।
वडा अध्यक्ष पुर्ण बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, खजुरा गाउँपालिका सामाजिक संयोजक कृष्णा कुमारी पोख्ररेल विक, बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. अनिल कुमार चौधरी, डा. गीता रेग्मी र आयुर्वेद स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।

…………….
नसर्ने रोगहरुको संख्या बढदै गएको अवस्थामा आयुर्वेद स्वास्थ्य कार्यक्रम निकै प्रभावकारी हुने खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले बताए । खजुरा गाउँपालिकाका सबै तहका नागरिकको स्वास्थ्य अवस्थालाई बलियो बनाउन पालिकाले सबै वडामा कार्यक्रम गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष विकले बताए । मंगलबार आयोजना गरिएको शिविरले जेष्ठ नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्न सहयोग गर्ने खजुरा गाउँपालिका नागरिक आरोग्य सेवा केन्द्रका प्रमुख किरण खनालले बताए ।
आरोग्य सेवा केन्द्रले पालिकामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । गत साता खजुरा गाउँपालिका वडा नम्बर ८ मा स्तनपायी आमा तथा नवजात शिशुको सुरक्षार्थ दुग्वर्धक औषधी वितरण कार्यक्रम गरिएको थियो । जसमा ८० जना सुत्केरी आमालाई निःशुल्क रुपमा दुग्धवर्धक औषधी वितरण गरिएको थियो । नागरिक आरोग्य केन्द्रले नियमित रुपमा ओपिडी सेवा पनि संचालन गरिरहेको छ । जहाँबाट नागरिकले दैनिक आफनो स्वास्थ्य परिक्षण गराउन सक्ने आरोग्य सेवा केन्द्रका प्रमुख खनालले बताए ।