किड्स रेसमा बुटवलका मनिक श्रेष्ठ प्रथम
Thursday, February 9th, 2023, 10:04 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २६ माघ
…………..
मनिक श्रेष्ठ नेपालगन्ज किड्स रेसमा प्रथम भएका छन् । ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत नेपालगन्ज साईक्लिङ क्लबले आयोजना गरेको किड्स रेसमा बुटवलबाट आएका मनिक प्रथम भएका हुन् । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १ वाटरपार्कमा भएको प्रतियोगितामा १.५ किलोमिटरको निर्धारित दुरी २ मिनेट १२ सेकेन्डमा पुरा गरेका थिए । ३० जनाले भाग लिएको प्रतिस्पर्धामा नेपालगन्जका प्रत्युष जोशी प्रतियोगितामा दोस्रो भए । उनले २ मिनेट १८ सेकेन्डमा दुरी पार गरेका थिए ।
खजुराका दिव्यान्शु निरौला तेस्रो भए । उनले २ मिनेट २२ सेकेन्डमा दौड पुरा गरेका थिए । प्रतियोगितामा विजयी भएका खेलाडीलाई विश्व साईकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह, वरिष्ठ प्रहरी उपरिक्षक सन्जिव शर्मा, पर्यटन डिभिजन कार्यालय कोहलपुरका शाखा अधिकृत टंक खनालले पुरस्कृत गरे । प्रतियोगितामा प्रथम हुनेले नगद २ हजार ५ सय , दोस्रोले २ हजार र तेस्रोले १५ सय रुपैयाँ, प्रमाणपत्र र आर्कषक पुरस्कार प्राप्त गरेको आयोजक नेपालगन्ज साईक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले बताए ।
पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण इभेन्ट्सको रुपमा स्थापित हुँदै गएको ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करण अन्तर्गत किड्स रेस आयोजना गरिएको अध्यक्ष निरौलाले बताए । जसले व्यवसायिक साईक्लिस्ट उत्पादनमा सहयोग गर्ने उनले बताए ।
नेपालगन्ज साईक्लिङ क्लबको आयोजनामा शुक्रबार ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करण हुँदैछ । माघ २७ गते शुक्रबार विहान ७ वजे नेपालगन्जमा रहेको प्रसिद्ध धार्मिक शंक्तीपिठ वागेश्वरी मन्दिर बाट औपचारिक कार्यक्रम पश्चात साईकल यात्राको प्रारम्भ हुनेछ । वागेश्वरी मन्दिर बाट सुरु भई त्रिभुवन चोक, वि.पी. चोक, धम्बोजी चोक हुदै खजुरा, वढैयाताल, बासगढी सतखलुवा, बवई, भुरिगाँउ हुदै ठाकुरद्वारा सम्मको करिव १ सय किलो मिटरको यात्रा हुनेछ । यस कार्यक्रममा विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह तथा चर्चित वाईल्ड लाईफ फोटो ग्राफर चुङ्गवा सेर्पाको समेत सहभागिता रहनेछ ।
साथै टुर दि ठाकुरद्वारा ५औं सस्करणका अवसरमा ठाकुरवावा मन्दिर परिसरमा विभिन्न ५ प्रकार का विषेस विरुवा हरु रोपिने अध्यक्ष निरौलाले बताए । कार्यक्रम दुर दि ठाकुरद्वारामा सहभागी हुन नेपालका सातै प्रदेशबाट १ सय ४० र भारतका विभिन्न शहरहरुबाट २९ र स्थानिय १ सय ५ साईकल यात्री २ सय ७४ सहित अतिथी, सुरक्षाकर्मी, संचारकर्मी गरी ३ सय जनाको सहभागीता रहनेछ ।
माघ २६ गते वाहिरबाट आएका पाहुनाहरुलाई नेपालगन्जमा रहेको प्रसिद्ध धार्मीक शक्तीपिठ बागेश्वरी मन्दिरको दर्शन गराई यस क्षेत्रमा रहेका अन्य पर्यटकिय स्थलको अवलोकन साथै नगर परिक्रमा गराईने छ । यस कार्यक्रममा ४२ महिला साईकल यात्रीहरुको सहभागिता रहनेछ ।
सहभागी साईकल यात्रीहरुको २ दिनको ठाकुरद्वारा बसाईका क्रममा २७ गते वर्दियाको पहिचान झल्किने लोक संस्कृती, थारु नाच सहित अन्य कार्यक्रमहरु गर्नुका साथै २८ गते वर्दिया राष्ट्रिय निकुन्जमा हात्ती सफारी, जिप सफारी, कर्णाली पुल र गेरुवा पुल लगायत त्यहाँका पर्यटकिय गन्तव्य हरुको अवलोकन गराईने छ र २९ गते विहान चिया, खाजा पश्चात सम्पुर्ण साईकल यात्री हरुलाई विदाई गरी कार्यक्रम को समापन गरिनेछ ।
………..
कालपृष्ठ दैनिक मिडिया पार्टनर रहेको कार्यक्रमलाई बाँके र वर्दियाका स्थानीय पालिकाहरु बाँके जिल्ला साईकल संघ, नेपाल पर्यटन वोर्ड, पर्यटन डिभिजन कार्यालय, फोन पे, नेपाल टेलिकम, राष्ट्रिय बाणिज्य बैक, नेपालगन्ज मेडिकल कलेज, वेष्टन हस्पिटल, विवाईडि ईभि, सगरमाथा सिमेन्ट, बवई रिसोर्ट, सिद्वार्थ होटल, प्रकृति संरक्षण कोष, लगायत विभिन्न व्यवसायिक प्रतिष्ठानहरुले सहयोग गरेको आयोजकले जनाएको छ ।
…………
……….