पुष्कर शाह: (विश्व साइकल यात्री तथा सगरमाथा आरोही)
‘टुर दि ठाकुरद्धार’ आफैमा एउटा स्थापित कार्यक्रम हो । साईकलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनको लागि एउटा ठुलो टेवा पुग्नसक्छ भन्ने हामिलाई पुर्ण बिश्वास छ । यसले बाँके र बर्दियाका विभिन्न पर्यटकीय स्थलहरुको देश तथा विदेशमा छुट्टै पहिचान बनाउनका निमित्त महत्वपुर्ण भुमिका खेल्छ ।
पाँचौं संस्करणमा आईपुग्दा यसमा सहभागि हुने भारतीयहरुको संख्या बढिरहेको छ । अबको पर्यटन साईकल पर्यटन भनेर हामी लागि राखेकाछौं । यसको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्न सक्छ । यो चाहि प्रतियोगिता नभई एउटा मनोरञ्नजनको मात्रै हो ।
हिजो भएको खेलले भोलिका दिनमा बच्चाहरुमा साईकल प्रतिको मोह बढाउदै लैजाने र उनीहरुमा खेल प्रतिको रुचि बढ्न सक्छ । र भोली उनीहरु नै खेलाडी बन्न सक्ने सम्भावना प्रचुर मात्रामा छ । यसको सकरात्मक पक्ष भनेकै खेल प्रतिको आकर्षण हो । पुर्वको झापा देखि संयौ साईक्लिस्टहरु आउनु, भारतबाट पनि थुप्रै संख्यामा साईक्लिस्टहरु आउनु, यो खालको आकर्षण नै यसको सकरात्मक पक्ष हो । यस कार्यक्रममा पछिल्लो समय देश तथा विदेशबाट आउने पर्यटकहरु बढिरहेका छन् । हामीले साईकल पर्यटनको कुरालाई पनि अघि बढाउन खोजिरहेका छौं । चलि ठाकुरद्धारा भन्ने, कुनै प्रतियोगिता नभएर भोलिका दिनमा बच्चाहरु लाई साइकल प्रति आकर्षित गर्न र मोह बढाउँदै लगेर सक्षम खेलाडी रुपमा अघि बढाउन सकिन्छ, भन्ने सम्भावना प्रवल छ । देशभरीका सम्पुर्ण सहरहरुबाट साइकल यात्री यहाँ आउनु नै हाम्रो लागि सकरात्मक पक्ष हो ।