साईक्लिङ चेन मार्फत समृद्धीलाई जोड्दैं ‘टुर दि ठाकुरद्वार’
Thursday, February 9th, 2023, 11:24 pm
Kalpristha
छिल्ला समय नेपालगन्जमा भैरहेको दुई इभेन्ट्स ‘टुर दि ठाकुरद्वार’ र ‘वेस्र्टन ट्रार्भल मार्ट’ले पश्चिम नेपाललाई भारतीय देशमा समेत चिनाउन महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
नेपालमा साईकलका गतिविधिहरु निकै कम हुन्छन् । नेपालगन्जबाट सुरुआत गरिने ‘टुर दि ठाकुरद्वार’ नेपालकै साईकल उत्सवका रुपमा परिचित हुँदै गएको छ । त्यसलाई आज शुक्रबार देखि सुरु हुन लागेको ‘टुर दि ठाकुरद्वार’ को पाँचौं संस्करणमा देखिएको सहभागिताले पनि पुष्टी गर्छ ।
कमल खत्री
नेपालगन्ज, २७ माघ
साविक मध्य र सुदुरपश्चिमको व्यापारिक हबको रुपमा मानिन्छ नेपालगन्जलाई । भौगोलिक विकटताले भरिएको पश्चिम नेपालमा दुर्गम जिल्लालाई यातायातमार्फत जोड्न केन्द्रको रुपमा नेपालगन्जलाई लिइन्छ । तर संघीयताको कार्यान्वयनसँगै नेपालगन्जले त्यो मध्य र सुदुरपश्चिमको अघोषित राजधानीको अस्तित्व गुमाउन पुग्यो ।
लुम्बिनी प्रदेशमा परेको नेपालगन्ज राजधानी बन्न सकेनन् । त्यसले गर्दा यहाँका थुप्रै सरकारी कार्यालय अन्तै सारिए । जसले गर्दा नेपालगन्जको आर्थिक, प्रशासनिक र राजनितिक शंक्तिको प्रभाव विस्तार कम हुँदै गएको आम नागरिकले महसुस गर्न थालिसकेका छन् । प्रशासनिक र राजनितिक प्रभाव घटिरहेको बेला नेपालगन्जले पर्यटन प्रवद्र्धनका क्षेत्रमा भने नयाँ सफलता हासिल गर्दै गएको छ । जसले नेपालगन्जलाई आर्थिक समृद्धिको यात्रामा अगाडी बढन हौसला थपिरहेको छ ।
पछिल्ला समय नेपालगन्जमा भैरहेको दुई इभेन्ट्स ‘टुर दि ठाकुरद्वार’ र ‘वेस्र्टन ट्रार्भल मार्ट’ले पश्चिम नेपाललाई भारतीय देशमा समेत चिनाउन महत्वपुर्ण भूमिका निर्वाह गरिरहेका छन् । नेपालमा साईकलका गतिविधिहरु निकै कम हुन्छन् । नेपालगन्जबाट सुरुआत गरिने ‘टुर दि ठाकुरद्वार’ नेपालकै साईकल उत्सवका रुपमा परिचित हुँदै गएको छ । त्यसलाई आज शुक्रबार देखि सुरु हुन लागेको ‘टुर दि ठाकुरद्वार’ को पाँचौं संस्करणमा देखिएको सहभागिताले पनि पुष्टी गर्छ ।
विश्व साईकल यात्री एवम् सगरमाथा आरोही पुष्कर शाह ‘टुर दि ठाकुरद्वार’ मा सहभागिता जनाउँदा साईक्लिङका क्षेत्रको उत्सवमा सहभागि भएको महसुस हुने गरेको बताउँछन् । शाह भन्छन,‘साईकलको महत्व के छ भन्ने कुरा ‘टुर दि ठाकुरद्वार’ ले आम नागरिकलाई देखाईरहेको छ । यसले प्रकृति, पर्यटन, संस्कृति र साईक्लिङ संस्कृतिको विकास गरिरहेको छ । जुन नेपालको लागि सकारात्मक कुरा हो ।’

………….
पश्चिम नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण इभेन्ट्सको रुपमा स्थापित हुँदै गएको ‘टुर दि ठाकुरद्वार’को पाँचौ संस्करणले विगतमा जस्तै बाँके र बर्दियाका धार्मिक, पर्यटकीय गन्त्व्य र प्राकृतिक सम्पदालाई प्रवद्र्धन गर्ने उद्देश्य लिएको छ । भविष्यमा बाँकेका अन्य धार्मिक र पर्यटकीय स्थलको सम्भावनाको खोजिमा पनि आयोजक नेपालगन्ज साईक्लिङ क्लब लागि परेको छ ।
बिहिबार नेपालगन्जको वाटरपार्कमा किड्स रेसको सुरुआतसँगै शनिबार ठाकुरवावा मन्दिर परिसरमा विभिन्न ५ प्रकारका विशेष विरुवाहरु रोपेर इभेन्ट्सको समापन हुनेछ । शुक्रबार बिहान नेपालगन्जमा रहेको प्रसिद्ध धार्मिक शंक्तिपिठ वागेश्वरी मन्दिरबाट औपचारिक कार्यक्रम पश्चात साईकल यात्राको प्रारम्भ हुनेछ । वागेश्वरी मन्दिर बाट सुरु भई त्रिभुवन चोक, वि.पी. चोक, धम्बोजी चोक हुदै खजुरा, बढैयाताल, बाँसगढी सत्खलुवा, बवई, भुरिगाँउ हुँदै ठाकुरद्वारा सम्मको करिव १ सय किलो मिटरको यात्रा हुनेछ । यस कार्यक्रममा विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाह तथा चर्चित वाईल्ड लाईफ फोटो ग्राफर चुङ्गवा सेर्पाले समेत सहभागिता जनाउनेछन ।

………
कार्यक्रमदुर दि ठाकुरद्वारामा सहभागी हुन नेपालका सातै प्रदेशबाट १ सय ४० र भारतका विभिन्न शहरहरुबाट २९ र स्थानिय १ सय ५ साईकल यात्री २ सय ७४ सहित अतिथी, सुरक्षाकर्मी, संचारकर्मी गरी ३ सय जनाको सहभागीता रहनेछ । कार्यक्रममा सहभागिको संख्याले पनि इभेन्ट्स पाँचौं संस्करण सम्म आईपुग्दा स्थापित भैसकेको बताउँछन् आयोजक नेपालगन्ज साईक्लिङका अध्यक्ष सतिश निरौला ।
साईकलको चेन मार्फत आफुहरु बाँके र बर्दियाको धार्मिक, सांस्कृतिक, प्राकृतिक पर्यावरणलाई पर्यटनसँग जोड्ेर आर्थिक विकास गर्ने लक्ष्य रहेको निरौला बताउँछन् । उनी भन्छन, ‘आन्तरिक र बाह्य गरी करिब तिन सय जनाले यस दौरान बाँके र बर्दियाका विभिन्न धार्मिक र पर्यटकीय स्थलको अवलोकन गर्दै हुनुहुन्छ । उहाँहरुले फर्किएपछि यसका बारेमा आफनो देश र साथीभाईका माझ कुरा सेयर गरेर फेरी यहाँ पर्यटक आउने गर्नु भएको छ । यसले प्रत्यक्ष रुपमा आन्तरिक पर्यटन प्रवद्र्धनको काम गरेको छ । अर्को हामीले साईकल संस्कृतिको विकास गरिरहेको छौं । साईकल स्वास्थ्य र पर्यावरणका दृष्टिले राम्रो भएको सबैलाई थाहा छ । यस्ता इभेन्ट्सले हरेक वर्ष नेपालगन्जमा साईकल चलाउनेको संख्या बढाईरहेको छौं ।’
साईक्लिङ खेलकुदको पनि एउटा महत्वपुर्ण बिधा हो । टुर दि ठाकुरद्धार जस्ता इभेन्ट्सले साईक्लिस्टहरुको आत्मविश्वास बढाउने गरेको बताउँछन् बाँके जिल्ला साईक्लिङ संघका अध्यक्ष गगन थापा । उनी भन्छन,‘नेपालगन्जबाट पछिल्लो समय व्यावसायिक खेलाडीहरु उत्पादन भैरहेका छन् । हाम्रा केहि खेलाडीले लुम्बिनी प्रदेशस्तरीय राष्ट्रिय खेलकुदमा सहभागिता जनाएका थिए । विस्तारै व्यवसायिक प्रतिस्पर्धामा भाग लिने खेलाडीहरु बढिरहेका छन् । टुर दि ठाकुरद्धार जस्ता इभेन्ट्सले त्यसमा थप सहयोग गरिरहेका छन् ।’