आयोजक जय किसान र बागमती उपाधिको लागि भिड्ने
Friday, February 10th, 2023, 6:53 pm
Kalpristha
दोस्रो स्व. श्यामथापा स्मृति फुटबल
जी. थापा
नेपालगन्ज, २७ माघ
दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमति स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार बागमतिले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माविको खेल मैदानमा बागमतिका लागि सबिन गुरुङले दुई गोल गरे ।
उनले खेलको ३८औं मिनेट र ५२औं मिनेटमा गोल गरेका थिए । सहाराका लागि कपिल ढकालले ४९ औं मिनेटमा गोल गरेका थिए ।
गत बिहिबार भएको सेमिफाइनलमा कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको थियो ।
अब प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ ।

………

………..
प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबका महासचिव दिपु रानाले बताए ।