नेपालगन्ज मोडेल, मंगल र मंगोलिनको जित
Saturday, February 11th, 2023, 8:54 pm
Kalpristha
सौरभ राना
नेपालगन्ज, २८ माघ
नेपालगन्ज मोडेल एकेडेमी, मंगल स्कुल र धारा मंगोलियन स्पोर्टस क्लबको पुरुष टिमले शनिबार नेपालगन्ज मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा जित हासिल गरेका छन् ।
मंगल प्रसाद उच्च माविको खेल मैदानमा शनिबार नेपालगन्ज मोडेल एकेडेमीले थ्रीस्टारलाई १ सय ६१ रनको फराकिलो अन्तरले हरायो ।
टस जितेर ब्याटिङ गरेको नेपालगन्ज मोडेलले २० ओभरमा ५ विकेटको नोक्सानीमा २ सय १५ रन बनाएको थियो । नेपालगन्ज मोडेलका लागि सद्धाम खानले अविजित ५६ रन, अफाक शेखले ४९ रन, कप्तान सुबेन्दु पाण्डेले ४७ रनको योगदान गरेपछि टोलीले राम्रो स्कोर जोडन सफल भएको थियो । यता थ्रीस्टारका लागि रईस शेखले २ विकेट लिए ।
जवाफमा थ्रीस्टार १३.३ ओभरमा ५४ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि सद्धाम शेख र विजय गुप्ताले १३–१३ रन बाहेक अन्यले दोहोरो स्कोर जोड्न सकेनन् । नेपालगन्ज मोडेलका वलर हिजामुद्धिन हलवाईले सर्वाधिक ४ विकेट लिए । सैबाज खानले ३ विकेट र मकबुल राईले २ विकेट लिए । खेलमा नेपालगन्ज मोडेलका सद्धाम खान प्लयेयर अफ द म्याचबाट पुरस्कृत भए । उनलाई पुर्व राष्ट्रिय क्रिकेटर अकबर सिद्धिकीले पुरस्कृत गरे ।
यसैगरी अर्को खेलमा मंगलप्रसाद स्कुलले अब्दुल्लाह लायन्सलाई ३ विकेटले पराजित गरेको छ । सुरुआतमा ब्याटिङ गरेको अब्दुल्लाह लायन्सका खेलाडी ६५.५ ओभरमा ८७ रन बनाएर अलआउट भएका थिए । टोलीका लागि अनिस अन्सारीले २२ रन र सोजात हुसेनले २१ रन र आसिफ अन्सारीले १७ रन बाहेक अन्यले गतिलो स्कोर बनाउन सकेनन् ।
मंगल प्रसादका करण बानियाँले सर्वाधिक ४ विकेट, अजय केवटले ३ विकेट र अबुसाहिमा शेखले २ विकेट लिए ।
जवाफमा मंगलप्रसादले १४.५ विकेटमा जित हासिल गरेको थियो । टोलीका लागि अनुराग बैश्यले २२ रन, पंकज बर्मा १६ र शिवम सोनकरले अविजित १६ रनको योगदान गरे । अब्दुल्लाहका लागि सोयब मल्लिकले ३ विकेट, अनिस अन्सारीले २ विकेट लिए । खेलमा प्लेयर अफ द म्याच मंगलका करण बानियाँलाई डा. बिनोद कर्णले पुरस्कृत गरे ।
यसैगरी अर्को मंगोलियनले नेपालगन्ज किङस्लाई ४ विकेटले हरायो । खेलमा टस जितेर ब्याटिङ गरेको नेपालगन्ज किङस्ले १६ ओभरमा १ सय २८ रन बनाएर अलआउट भएको थियो । टोलीका लागि अहमद खानले २४ रन, गुडु सल्मानीले १९ रन बनाए । मंगोलियनका साउद अन्सारीले ३ विकेट, राम आर्य र सागर थापाले २–२ विकेट लिए ।
जवाफमा मंगोलियनले १९ ओभरमा ६ विकेटको नोक्सानीमा लक्ष्य हासिल गरेको थियो । मंगोलियनका लागि संकेत पुनले २४ रन, आरिफ खानले २१ रन, अफरोज खानले १५ र मोहम्मद कामिलले अविजित १५ रनको योगदान गरे । नेपालगन्ज किङस्का अहमद खानले ३ विकेट लिन सफल भए । खेलमा मंगोलियनका संकेत पुन प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।
बाँके जिल्लाक्रिकेट संघले आयोजना र नेपालगन्जउप–महानगरपालिको आर्थिक सहयोगमा भैरहेको प्रतियोगितामा मेयर (पुरुष) तर्फ २२ र उपमेयर(महिला) तर्फ ६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको पुरुषतर्फको विजेताले ७५ हजार र उपविजेताले ३५ हजार रुपैयाँप्राप्तगर्नेछ । त्यसैगरी महिलातर्फको विजेता टिमले २५ हजार र उपविजेताले १५ हजार रुपैयाँ, मेडल, ट्रफी, प्रमाणपत्र पाउनेछ ।
प्रतियोगितामापुरुष र महिलातर्फको प्लेयर अफसिरिजले ११ हजार रुपैयाँ र प्रत्येक खेलको प्लेयर अफम्याचबन्ने खेलाडीले नगद १ हजार पाउनेछन् ।
प्रतियोगितामाविधागत रुपमाउत्कृष्ट ब्याटर, उत्कृष्ट वलर, उत्कृष्ट फिल्डर र उदयीमान खेलाडीले आर्कषक पुरस्कार पाउनेछन् ।