अभिभावक दिवसका अवसरमा गोरखा युनाईटेडको शैक्षिक प्रर्दशनी सम्पन्न
Saturday, February 11th, 2023, 9:01 pm
Kalpristha

…………
कालपृष्ठ समाचारदाता
कोहलपुर, २८ माघ
कोहलपुर २ बाँकेमा रहेको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो दशौं वार्षिक अभिभावक दिवस एक भब्य समारोहका बिच सम्पन्न गरेको छ । २२ औं वर्ष प्रवेश संगै बिद्यालयले दशौं अभिभावक दिवसका अवसरमा बिभिन्न शैक्षिक प्रर्दशन समेत गरेको छ ।
दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनी कार्यक्रमको कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्यले उद्घाटन गर्दै बिद्यालयले गरेको प्रगतिको प्रशंसा गरे । कोहलपुर क्षेत्रमै अब्बल गोरखा स्कुलले धेरै बिद्यार्थीहरुको उज्जवल भबिष्यकालागि बिभिन्न बिधामा अध्यापन गराएर कोहलपुरमै उदाहरणीय कार्य गरेको चर्चा गरे । मेयर आचार्यले विद्यार्थीहरुले निर्माण गरेका विज्ञानकला, कृषि, औजार, हस्तकला, लगाएत दुई दर्जन बढि स्टलहरुको अवलोकन गर्दै बालबालिकाहरुले गरेको कार्यको उत्सुकतापुर्वक अवलोकन गरेका थिए ।
बालबालिकाहरुले पे्रसर, सुगर जाच्ने बिज्ञान प्रयोगशाला, कृषि प्रयोगशाला देखि बिद्युतिय मेट्रो रेल लगाएत रचनात्मक, सिर्जनात्मक तथा बहुआयामिक स्टलहरु प्रर्दशनीमा राखेका थिए । गर र सिक भन्ने मुल मन्त्रलाई प्राथामिकताकासाथ प्रर्दशनीमा राखिएको सो समारोहमा बिभिन्न कला संस्कृती झल्किने सांगितिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
बिद्यालयका सञ्चालक समिती अध्यक्ष केशर बहादुर आलेको सभापतित्वमा आयोजित दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रर्दशनी कार्यक्रममा स्वागत गर्दै बिद्यालयकी प्रधानाध्यापक साधना थापाले विद्यार्थीहरुको सिकाई, दक्षता तथा क्षमतालाई उजागर गरी समाज विकासको निमित्त उनिहरुको सिप प्रयोग गर्ने उद्देश्यका साथ यो कार्यक्रमको आयोजना गरिएको बताईन् ।उनले राष्ट्र विकासका निम्ति दक्ष जनशक्ति उत्पादन गर्न शिक्षण पद्वतीमा सुधार ल्याउनुका साथै सिद्वान्तमा आधारित क्रियाकलापहरु हुन जरुर रहेको बताईन ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी टोप बहादुर के.सी. बैजनाथ गाउपालिका प्रमुख प्रकाश शाही, कोहलपुर नगरका उप–प्रमुख संगिता सुबेदी, बैजनाथ गाउपालिका उपाध्यक्ष निर्मला रोकाया, नेपाली सेनाका सेनानी बालकृष्ण कार्की, बिभिन्न शैक्षिक ब्यक्तित्व, अभिभावक, जनप्रतिनिधि, बिद्यार्थी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । भुतपुर्व तथा कार्यरत ब्रिटिस आर्मि तथा सिंगापुर पुलिसद्वारासञ्चालित यस स्कुलमा कक्षा नर्सरी देखि बिएस्सी एजी सम्मको अध्यापन हुनेगरेको छ ।
अभिभावक दिवसका अवसरमा गरिएको शैक्षिक प्रर्दशनीले विद्यार्थीहरुमा लुकेर रहेको क्षमता र प्रतिभा प्रष्फुटन हुनुका साथै बालबालिकाहरुलाई आ–आफनो रुचि र क्षमता अनुसार कार्यमा अग्रसर हुने अवसर प्राप्त भएको हिमालयन साईन्स फाउण्डेसनका अध्यक्ष आतंक बस्नेतले बताए । यस्ता कार्यक्रहरुले विद्यार्थीमा अनुसन्धान प्रतीको रुचिको विकास हुने बताउँदै उनले विद्यार्थीका लागी उनीहरुले सिकेको ज्ञानलाई प्रयोगमा ल्याउने यो राम्रो अवसर भएको बताए ।

………