प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके अध्यक्षमा सन्जय थापा
Saturday, February 11th, 2023, 9:22 pm
Kalpristha

…………
नेपालगन्ज, २८ माघ
सन्जय थापाको नेतृत्वमा प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ बाँके कार्यसमिति सर्वसम्म चयन गरिएको छ । नेपालगन्जमा शनिवार सम्पन्न चौथो जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चुनिएका हुन् । संघको उपाध्यक्षमा ध्रुव दाहाल, प्रदिप गुप्ता, चण्डी गैरे र उमा ग्राण्डन सर्वसम्मत भएका छन् ।
निर्वाचन समितिका सदस्य तोजिन्द्र विकका अनुसार सचिवमा हिमनाथ पौडेल र टेकबहादुर खड्का सर्वसम्मत चुनिंदा सह–सचिवको जिम्मेवारी मख्खनबहादुर धामी र प्रेम खरेलले पाएका छन् । कोषाध्यक्ष विष्णु श्रेष्ठ र सन्तोष वैश्य चयन भए ।
यस्तै सदस्यहरुमा विनय श्रेष्ठ, पुरुषोत्तम अग्रवाल, शालिक सुवेदी, रविन्द्र लामिछाने, मो.फकदुल हक हलवाई, मो. रिजवान अन्सारी, बुद्धिप्रसाद श्रेष्ठ, रेवती सिंह, शरद रेग्मी र नरबहादुर खड्का चयन भएका छन् । अन्य सदस्यहरुमा टिकाराम ढुंगाना, रामकुमार सिंह राठौर, सुदिप सेडाईं, अतुल कुमार गुप्ता, मार्टिन वली, सावित्रा पोखरेल, विशाखर अधिकारी, रामकिसन साहु र शरदराज अधिकारी छन् । नेपालगन्ज नगर समितिको पहिलो अधिवेशनबाट शिवप्रसाद दाहाल सर्वसम्मत अध्यक्ष चयन भएका छन् ।
उपाध्यक्षहरुमा विष्णुप्रसाद भुषाल, विमलकान्त गुप्ता र सुनिला बराल चयन भएका छन् । सचिवमा माधवप्रसाद पाखरेल र सन्तोषकुमार पौडेल तथा सह–सचिवमा बद्रुद्दिन अन्सारी र सुरविर फडेरा चयन भएका छन् । कोषाध्यक्षमा पदम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज ढकाल चयन भएका छन् ।
सदस्यहरुमा सूर्यकुमार श्रेष्ठ, कमलप्रसाद पौडेल, निमबहादुर सिंह ठकुरी, किशोरकुमार आचार्य, डा.पंकजकुमार गुप्ता, भरतकुमार खड्का, एकराज पाण्डे र सूर्य केसी सर्वसम्मत चुनिएका छन् । यसैगरी अन्य सदस्यहरुमा किरण खनाल, मिरा पाण्डे, दुर्गा थापा, रफेल अहमद खाँ, सुरेशसिंह परियार, सञ्जयकुमार बर्णवाल, खिमराज अधिकारी, जयकिशन शाह (तेली), विष्णु अर्याल, गणेश भण्डारी, प्रितिसिंह ठकुरी, सुनिल गुप्ता र जिन्टुटन मुल्तियार (साहिल) छन् ।