भानुभक्तको जन्म जयन्तीमा अष्टिनमा कवि गोष्ठि सम्पन्न (फोटो सहित)
Tuesday, July 18th, 2017, 3:56 am
amit
अष्टिन (टेक्सास)- आदिकवी भानुभक्त आचार्यको २०४ औं जन्मजयन्तीका अवसरमा टेक्सासको अष्टिनमा कवि गोष्ठि सम्पन्न भएको छ ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीको आयोजनामा भएको कार्यक्रममा उपस्थित साहित्यीक मनहरुले आफ्ना रचनाहरु वाचन गरेका थिए भने वालवालिकाहरुका लागी कविता प्रतियोगिता गरिएको थियो ।
अष्टिन स्थित एसियन अमेरीकन रिसोर्स सेन्टरमा सम्पन्न कार्यक्रममा १६ जना वाल प्रतियोगीले कविता वाचन गरेका थिए जसमा च्यवन न्यौपाने प्रथम, चिभान अधिकारी द्धितिय, स ुयोग भण्डारी तृतिय तथा दिया थापा र आभन्त अधिकारी सान्त्वना भएका थिए ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीका अध्यक्ष देबराज न्यौपानेको सभापतित्व तथा धर्मानन्द गौतमले संचालन गरेको कार्यक्रमको निर्णायक मण्डलमा साहित्यकार मोहन सिटौला, राजेश्वर निरौला र बेदराज न्यौपाने सदस्य रहेका थिए । भानुभक्तका योगदान तथा कृतिहरुको चर्चा समेत गरिएको कार्यक्रममा बिलोल पोखरेल, रमा पोखरेल, डा. कृष्ण पन्थी, नर्बदा न्यौपाने, बिष्णु पहाडी, अनुशा ढकाल लगायतले रचना वाचन गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथी डा. कमल अधिकारीले बिजेता वाल कविहरुलाई पुरष्कार तथा प्रमाण पत्र बितरण गर्नुभएको थियो ।