‘एम्बिसन गुरु एपले विद्यार्थीलाई सफल बनाउने काम गर्छ’
Monday, February 20th, 2023, 10:39 pm
Kalpristha
पछिल्लो समय नेपालमा प्रविधिको प्रयोग हरेक क्षेत्रमा बढिरहेको छ । कोभिडको समय त यसले तिव्र गतिमा फड्को मारेको थियो । नेपालको शिक्षा क्षेत्रमा पनि प्रविधिको प्रयोग बढिरहेको छ । नेपालमा व्यवसायिक रुपमा प्रविधिको माध्यमबाट विद्यार्थीलाई जुनसुकै स्थानबाट पनि उसले पढन चाहेको विषयमा अनलाइन ‘एप’ले सघाईरहको छ । नेपालमा नयाँ प्रयोगको रुपमा हेरिएको ‘एप’ मार्फत विद्यार्थीलाई आफनो पढन चाहेको कोर्षहरु उपलब्ध गराउने उद्देश्यले एउटा ‘एप’ को आविष्कार गरिएको छ, त्यो हो ‘एम्बिसन गुरु’ । जसले छोटो समयमै नेपाल देशभरमा छरिएर रहेका विद्यार्थीको आवश्कयतालाई पुरा गरेर लोकप्रिय बनिरहेको छ । त्यही एम्बिसन गुरुका जनरल म्यानेजर दिनेश कार्कीसँग गरिएको कालपृष्ठ संवाद ।
एम्बिसन गुरु भनेको के हो, यसले कुन क्षेत्रमा काम गर्छ?
एम्बिसन गुरु भएको नेपालको सन्दर्भमा एडुटेक (एजुकेशन र टेक्नोलोजी) क्षेत्रको इ–लर्निङ प्लेयाटफर्म हो । यो प्लेयाटफर्म चाहि नेपालको शिक्षाको क्षेत्रमा एउटा ग्याप देखेर त्यसलाई पुरा गर्ने हिसाबले खोलेका संस्था हो । एउटा गाउँमै बसेर वा जुन सुकै ठाउँमा बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन, उनीहरुले चाहेको शिक्षकबाट पढन सक्छन् । चाहेको सामाग्री पाउन सक्छन, आफना प्रश्न सोध्न सक्छन, त्यसको उत्तर पाउन सक्ने एउटा एप हो । उदाहरणको लागि एउटा डाक्टर पढनको लागि तयारी गरिरहेको विद्यार्थी छ । जुम्ला या हुम्लामा बसेर पनि उसले आफनै ठाउँमा बसेर गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छ । उसलाई त्यो दिन सकिन्छ भनेर हामीले सुरुआत गरेको योजना हो । नेपालमा प्रविधि र शिक्षालाई जोडेर एउटा ग्यापलाई हटाउन भनेर सुरु गरेको एडुटेक संजाल हो ।
एम्बिसन गुरुले अहिले मुख्य रुपमा कुन क्षेत्रमा केन्द्रित भएर काम गरिरहनु भएको छ?
अहिले हामीले नेपालमा प्लस टु साईन्स पढेका विद्यार्थीलाई केन्द्रित गरेर काम गरिरहेका छौं । उनीहरुलाई पढनका लागि सजिलो बनाईदिने काम गरेका छौं । विज्ञान विषयका विद्यार्थीलाई कुनै पनि क्षेत्रमा जानका लागि अंक धेरै ल्याउनका लागि प्रि–मेडिकल, प्रि–इन्जिनियरिङ लगायतका कोर्षहरु ११ र १२ कक्षादेखि नै सुरु गर्ने गरिएको छ । मेडिकल, इन्जिनियरिङ सँगै नर्सिङ, विविएस कोर्षहरु संचालन गरेका छौं । अब छिटै लोकसेवा आयोगको कक्षा सुरु गर्न गैरहेका छौं । समग्र भन्दा विद्यार्थीलाई जुन क्षेत्रमा बढि समस्या पर्ने गरेको छ, ति सबै विषयका कोर्षहरुलाई एम्बिसन गुरुले डिजिटलाईज गर्दै गएको छ ।
प्रविधिको प्रयोग बढ्दो क्रममा छ । विद्यार्थीहरुले प्रविधि मार्फत भनौं अर्थात ‘एडुटेक’ मा कस्तो छ आकर्षण ?
भर्खरै पोखरा, चितवन, नेपालगन्ज र काठमाडौं लगायत देशभरीका धेरै ठाउँका विद्यार्थीहरुसँग भेटघाट गर्दा उहाँहरुले प्रविधिको प्रयोग गरेर पढिरहेको देखे । नेपाली विद्यार्थीहरुले आफनो धारणा निर्माण गर्न पनि इन्टरनेशनल प्लेटफर्महरु हेरिरहेका छन् । नेपाली विद्यार्थीलाई अध्ययन गर्नको लागि स्रोतहरुको आवश्यकता परिरहेको छ । गुगलमा खुला रुपमा त्यो सुचना त पाईन्छ । तर ती सुचना र सामाग्री कत्तिको विश्वसनीय छ भन्ने कुरामा ठुलो प्रश्न चिन्ह छ । गुगलको भएका कुराहरु पनि वास्तविक हुन कि होइनन भन्ने कुरा बुझन विद्यार्थीलाई गाह्रो हुने भएकोले उनीहरुलाई चाहिने वा पढन खोजेका सबै कुरा एउटै एपलिकेसनबाट उपलब्ध हुदा सहज भएको छ ।
हामीले एआई टेक्नोलोजो जुन बनाएका छौं त्यसले विद्यार्थीहरुलाई सुरुआतमा अध्ययन गर्छ, उसको अवस्था कस्तो छ, कुन स्तरमा छ त्यही अनुसार उसको स्तर वृद्धि गर्नेमा सहयोग गछौं । कमजोर अवस्था छ भने त्यसलाई सुधार गर्नमा हाम्रो यो एपले काम गरिरहेको छ । यसमा भएको फिचरहरुमा विद्यार्थीहरुको आर्कषण बढदो छ ।
कोभिडको समयमा प्रविधिले नेपालमा फड्को मारेको थियो, त्यसपछि नेपालमा ‘एडुटेक’ व्यवसाय अहिले कुन स्तरमा अगाडी बढिरहेको छ?
विश्वका विकसित देशमा त यो एडुटेक व्यवसाय पुरानो भैसकेको छ । नेपालको सन्दर्भमा भन्ने हो भने यो राम्रो गतिमा अगाडी बढिरहेको छ । कोभिडको समयमा धेरै विद्यालय र कलेजले प्रविधिको प्रयोग गरेर अनलाइन कक्षा सुरु गरे । त्यसको फाइदा र वेफाइदा छन । अहिले नेपालमा एडुटेकको क्षेत्रमा धेरै गु्रपले लगानी गर्न खोजिरहेका छन् । तर एडुटेकमै केन्द्रित भएर धेरै लगानी गरिरहेको कम्पनी हामीले देख्न पाइरहेका छैनौं । मात्र आफनो कोर्ष डिजिटलाईज गर्ने हिसाबले आएको देखिन्छ । एडुटेकको हिसाबले नेपाल अहिले नयाँ सम्भावना बोकेको क्षेत्र छ । यस क्षेत्रमा हामीले धेरै गर्न सक्छौं । विद्यार्थीको मन बुझने खालको संस्थाको आवश्यकता छ ।
अन्त्यमा ‘एम्बिसन गुरु’ सँग विद्यार्थीहरु कसरी जोडिन सक्छन ?
‘एम्बिसन गुरु’सँग जोडिनको लागि साधारण प्रक्रिया छ । ‘एम्बिसन गुरु’ प्लेस्टोर र एपस्टोरमा पनि छ । विद्यार्थीले सिधै हाम्रो वेवसाईडमा गएर एम्बिसन डट गुरु ambition.guru लगइन गरेर आफनो प्रोफाइल बनाउन सक्छन् । प्रोफाइल बनाईसकेपछि विद्यार्थीको ‘एआई’ले एउटा टेस्ट लिन्छ । त्यसका लागि विद्यार्थीले आफु कुन विषय वा क्षेत्रमा रुची छ त्यसलाई छनोट गर्नु पर्छ । त्यो कोर्ष भित्र पनि उसलाई कुन स्तरको कोर्ष आवश्यकता छ त्यो छनोट गरेर परिक्षणका रुपमा उसले एक–दुई महिना पढन सक्छ । त्यो कोर्षमा उसले अभ्यास गर्ने, परिक्षा दिने, नआएको कुरा सोध्न सक्ने, विद्यार्थीलाई सुझाव दिने, फेरी टेस्ट दिदैं एउटा तल्लो स्तरदेखि लिएर मध्यम हुदैं उच्च स्तर सम्म पुग्न एपिले प्रगति रिर्पोट लिदै जान्छ । विद्यार्थीलाई हामीले लाइफ स्टुडियोबाट सिकाउने, विद्यार्थीले हामीसँग भएका गुरुलाई कुनै पनि समय आफुले नबुझेको विषयमा प्रश्न गर्न सक्नु हुन्छ । यसरी एपले नै विद्यार्थीलाई समग्रमा निर्देशन गर्ने गर्छ । समग्रमा ‘एम्बिसन गुरु’ एपले विद्यार्थीलाई सफल बनाउने काम गर्छ ।
यो एपमा हामीले तिन कुरालाई महत्व दिएको छौं । पहिलो कुरा विद्यार्थीको स्तर मापन, सहजिकरणको कुरा र अन्तिममा उसलाई कसरी सफल बनाउने भन्ने कुरामा एपले काम गरिरहेको हुन्छ ।