वडा न १० मा जेष्ठ नागरिकलाई सम्मान
Sunday, February 26th, 2023, 7:14 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ फागुन
नेपालगन्ज, फागुन १५ गते– नेपालगञ्ज उप–महानगरपालिका वडा न १० मा जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा न १० वडा समितिको कार्यालयको आयोजना तथा जेष्ठ नागरिक क्लब वडा न १० को संयोजनमा वडा न १० का २५ जनालाई ब्ल्यांककेट, च्वयन प्राश, अंगोछा र प्रमाणपत्र सहित सम्मान गरिएको हो । जेष्ठ नागरिकको समाजप्रतिको योगदानलाई स्मरण गर्दै सम्मान स्वरुप उपहारसहित सम्मान गरिएको हो ।
जेष्ठ नागरिकलाई सम्मान गर्दै नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मान गर्नु हाम्रो सभ्यता र दायित्व भएको भएको बताउनु भयो । नगर प्रमुख विष्टले अग्रजको अनुभवलाई विकासमा पनि सदुपयोग गर्न आग्रह गर्नु भयो ।
वडा अध्यक्ष श्रवण कुमार श्रेष्ठले जेष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिदै आगामी दिनमा पनि थप कार्यक्रम र वजेटको व्यवस्था गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
जेष्ठ नागरिक क्लवका अध्यक्ष केदार प्रसाद आचार्यको सभाअध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिकका तर्फबाट गजेन्द्रमान पथिक लगायतले आफ्ना अनुभव सुनाउँदै जेष्ठ नागरिकको अधिकार सुनिश्चितताको माग गर्नु भएको थियो । जेष्ठ नागरिक क्लबका सचिव गंगा क्षेत्री श्रोष्ठले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन वडा सचिव शान्ति केसीले गर्नु भएको थियो ।