साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजू चयन
Sunday, February 26th, 2023, 7:30 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १४ काठमाडौ
साइकल संस्कृति प्रवर्धन गर्न पैदल र पेडलमैत्री शहरको मुल उदेश्यसहित शुरूवात भएको साइकल कनेक्ट भक्तपुरको अध्यक्षमा निर्जला कोजूलाई चुनिएको छ । कोजुको अध्यक्षतामा ७ सदस्यीय दोस्रो कार्यसमिति पुनर्गठन भएको छ ।
नयाँ कार्यसमितको उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल रहेका छन् । सदस्यहरुमा रितेश मचामसी, बिकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन् ।
सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा एक कार्यक्रमबीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजुलाई सपथ ग्रहणसहित अध्यक्षको पदभार हस्तान्तरण गरे । तत्पश्चात अध्यक्ष निर्जलाले बाकी सदस्यलाई सपथ ग्रहण गराइन् ।
पदभार ग्रहण पश्चात अध्यक्ष निर्जलाले साइकल कनेक्टको शुरुवात र विगतका कार्यक्रमको विषयमा स्मरण गर्दै आगामी दिनमा संस्थाको उदेश्य बमोजिम नियमित कार्यक्रम सँगसँगै थप नयाँ सशक्त तथा रचनात्मक कार्यक्रमहरू गरिने प्रतिवद्धता जनाइन् । यसमा सबैको साथ मिल्ने विश्वास व्यक्त उनले व्यक्त गरिन् ।
नवगठित कार्यसमितिलाई सल्लाहकारद्वय गणेशप्रसाद दुवाल र सुनिल ख्याजुले बधाइ तथा शुभकामना मन्तव्य दिदै छोटो समयमा नै साइकल कनेक्ट भक्तपुरले देशव्यापीरूपमा साइकलप्रेमीहरूबीच पृथक पहिचान स्थापना गर्न सक्षम भएको र निरन्तर कार्यक्रम गर्न सके उदेश्य प्राप्तिमा सफलता मिल्ने विचार व्यक्त गरे ।
उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरकोतर्फबाट नेपाल साइकलिङ एसोसियसनले आयोजना गरेको प्रथम क्रस कन्ट्रि इलिमिनेशन च्याम्पियनशीपमा सहभागी भइ सिल्भर मेडल विजेता पुजन मगर तथा ब्रोन्ज मेडल बिजेता बिरेन्द्र डोङलाईपनि बधाइ ज्ञापन तथा सम्मान गरिएको थियो । युवाहरूलाई स्वस्थ, अनुशासित तथा समाज प्रति उत्तरदायी बनाउन यस प्रकारको खेलकुद कार्यक्रमले योगदान पुराएको विश्वास उनीहरुको थियो । साइकल संस्कृतिको विकास गर्ने संस्थाको मुख्य उद्देश्य हो ।