राष्ट्रिय स्वास्थ्य सेवा दिवस विशेष कार्यक्रम गरी मनाइयो
Monday, February 27th, 2023, 5:07 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १५ फागुन

…
सोमबार २५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवस विशेष कार्यक्रम गरी मनाइएको छ । ‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा: निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने नाराका साथ नेपालगन्ज सहित देशभर यो दिवस मनाइएको हो ।
दिवसको अवसरमा बाँकेका स्वास्थ्य कर्मिहरुले भेरि अस्पताल परिसरमा सरसफाई कार्यक्रमको आयोजना गरेका छन् । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल जिल्ला कार्यसमिति बाँकेले २५ औं राष्ट्रिय स्वास्थ्य सेवा दिवसका अवसरमा सरसफाई कार्यक्रमको आयोजना गरेको हो ।
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाँकेले भेरी अस्पताल नेपालगंज परिसरमा विहान सात बजे सरसफाई कार्यक्रम गरेको थियो ।
‘आम नागरिकलाई स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्य संस्थाहरू पनि सफा सुग्घर हुनुपर्छ’ भन्ने मनसायले बिरामीको अत्यधिक चाप हुने पश्चिम नेपालको रेफरल अस्पताल भेरी अस्पताल परिसरमा संगठनको आयोजनामा सरसफाई कार्यक्रम गरिएको संगठका अध्यक्ष राजन शाहीले जानकारी दिए ।
सो अवसरमा कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईं, स्वास्थ्य कार्यालय प्रमुख सुनिता पौडेल, संगठनका केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष राम बहादुर चन्द, संगठनका केन्द्रीय सदस्य प्रकाश गौतम, अर्जुन सुनार, शिवा शाह, प्रदेश कमिटी सहसचिव पारस जंग रावल, प्रसिद्व ढकाल लगायत स्वास्थ्यकर्मिहरूको उपस्थिति रहेको थियो ।
२०५३ सालमा नेपाल स्वास्थ्य सेवा ऐन जारी भएको सम्झनामा सरकार यो दिवस मनाउँदै आएको छ ।

…