हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर छ : मन्त्री किराती
Wednesday, March 1st, 2023, 8:22 pm
Kalpristha
श्याम सुन्दर मल्ल
नेपालगन्ज, १७ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले हवाई यातायातको सुरक्षाको सवालमा सरकार गम्भीर रहेको बताएका छन् । प्रेस सेन्टर नेपाल बाँकेले बुधबार नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री किरातीले हवाई यातायातको सुरक्षाको सवाल मानव जीवनसँगै पर्यटनको विकाससँग पनि जोडिएकोले सरकार यो विषयमा गम्भीर रहेको बताएका हुन् । हवाई सुरक्षाका लागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई निर्देशन जारी गरि सकिएको उनले बताए ।
देशको समृद्वि र आर्थिक विकासका लागि पर्यटनको विकास अपरिहार्य भएको जनाउँदै मन्त्री किरातीले पर्यटन क्षेत्रको विकासका लागि सरकारले विभिन्न योजना र कार्यक्रम तयार पारिरहेको बताए । हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्तीलाई प्राथमिकतामा राखेको उनको भनाइ छ । हवाई सुरक्षाकालागि आवश्यक प्राविधिक जाँचदेखि उपकरणको जाँच र फेरबदलसम्मका सम्पूर्ण विषयमा कडाइ गर्न सम्बन्धित सबैलाई आफुले लिखित निर्देशन जारी गरि सकेको उनले बताए ।
मन्त्री किरातीले वायु सेवा निगम, नागरिक उड्ययन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउदै सो समयभ्नदा बढी आफुले कुर्न नसक्ने बताए । मन्त्री किरातीले पत्रकारका जिज्ञासाको जवाफ सम्बन्धित विभागका प्रमुखलाई दिन लगाएका थिए । त्यस अवसरमा नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पत्रकारका जिज्ञासाको जवाफ दिएका थिए ।
वायु सेवा निगम, नागरिक उड्ययन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै मन्त्री किराँतीले काम नगर्ने कर्मचारीलाई तुरुन्त कारबाही गरीने समेत प्रष्ट पारे । नेपाल वायु सेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने योजनामा रहेको उनको भनाई थियो । यसै सन्दर्भमा नेपालगन्ज बिमानस्थल कार्यालय परिसरमा बन्न लागेको अत्याधुनिक टर्मिनल भवनको बुधबार मन्त्रीसहित उच्च अधिकारीले निरीक्षण समेत गरेका छन् । बिमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्व रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माण गर्न लागिएको अत्याधुनिक टर्मिनल भवनको निरीक्षण समेत गरेका हुन् ।
सँस्कृती, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराती सहित उच्च अधिकारीले स्थलगत निरीक्षण गरेका हुन् । बिमानस्थलमा बुधबार उच्च अधिकारीसहित आईपुगेका मन्त्री किरातीले निर्माणाधिन अत्याधुनिक टर्मिनल भवनसहित आवश्यक भौतिक पुर्वाधारको निरीक्षण गरेका थिए । निर्माण कार्यको जानकारी गराउँदै शर्मा एण्ड कम्पनीका निर्देशक शर्माले हालसम्म निकै तीव्र गतिमा काम भइरहेको जनाउँदै निर्धारित समय तीन वर्ष भन्दा पाँच महिना पहिले नै काम सम्पन्न गर्ने गरी निर्माण भइरहेको बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न तयार पारिएको गुरुयोजना अनुसार निर्माण सुरु गरिएको सो टर्मिनल भवन करिब ८ हजार वर्गफिटमा तयार गरिनेछ । टर्मिनल भवनलाई आधुनिक मापदण्डअनुसार भन्सार, क्वारेन्टाइन र अध्यागमनसहित आन्तरिक र अन्तर्राष्ट्रिय दुवै किसिमका हवाई उडानका लागि निर्माण गरिनेछ । उक्त निर्माण कार्यका लागि शर्मा एण्ड कम्पनीले ठेक्का सम्झौता गरेको छ । ठेकेदार कम्पनीका अनुसार अत्याधुनिक टर्मिनल भवनको काम सन् २०२२ डिसेम्बर १६ बाट सुरु भएको थियो । सम्झौता अनुसार टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिनेछ । अत्याधुनिक टर्मिनल भवन मापदण्ड अनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्व अधिकारीले बताए ।
निरीक्षणका क्रममा मन्त्री किरातीले कार्यप्रगतिबारे जानकारी लिए । अनुगमन पश्चात आयोजित एक अन्तरक्रियामा बोल्दै मन्त्री किँरातीले निर्माण कम्पनीलाई तोकिएको समयभित्र काम सम्पन्न निर्देशन दिए ।
गुरुयोजना अनुसार काम सम्पन्न भएपछि नेपालगन्ज बिमानस्थलबाट अन्र्तराष्ट्रिय उडान गर्न बाटो खुल्ने बताएका थिए । नेपालगन्ज विमानस्थलमा हाल करिब ५० वर्ष पुरानो सो टर्मिनल भवनबाट दैनिक ५० देखि ६० वटा उडान सञ्चालन हुँदै आएको छ ।