एनआरएन अमेरीका : निर्वाचन समितीलाई बन्धक बनाउने प्रयास
Monday, July 24th, 2017, 2:09 am
amit
टेक्सास (अमेरीका)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको निर्वाचन प्रक्रिया चलिरहंदा स्वतन्त्र निर्वाचन समितीलाई बन्धक बनाउन प्रयास शुरु गरिएको छ ।
निर्वाचन प्रक्रिया अन्तरगत दावी बिरोधको समयमा योग्यता नपुगेको भन्दै निर्वाचन समितीले पहिलो चरणको उम्मेद्धारी प्रकाशनमा आफु अनुकुलका उम्मेद्धारको नाम नपारेपछि निर्वाचन कमिटीलाई बन्धक बनाएर आफ्ना उम्मेद्धारको उम्मेद्धारी सदर गर्न चलखेल तिब्र पारिएको हो । अध्यक्षका प्रत्यासी डालसका व्यवसायी गौरी जोशीको अध्यक्ष पदका लागी योग्यता नपुगेको भन्दै निर्वाचन समितीले पहिलो चरणको उम्मेद्धारको नामावलीमा नाम नपारेपछि उनको उम्मेद्धारी सदर गराउन उनी निकटका व्यक्तिहरुको चलखेल तिब्र बनाइएको छ ।
एनआरएन राष्ट्रिय समन्वय समितीको अध्यक्ष बन्न कम्तिमा एक कार्यकाल आइसीसी वा एनसीसीमा बसेको हुनुपर्ने प्रावधानका कारण जोशीको योग्यता नपुगेको र आवश्यक कागजात माग गरिएको निर्वाचन समितीले बताइरहंदा जर्बजस्त उम्मेद्धारी कायम गराउन स्वतन्त्र निर्वाचन समितीलाई दबाब दिएको बुझिएको छ । एनआरएन आइसीसीको सचिवालयले एनआरएन अमेरीकाको निर्बाचन समितीलाई पठाएको दस्ताबेजमा समेत जोशीको नाम यसअघिका कार्यसमितीमा देखिएको छैन ।
हेर्नुहोस आइसीसीले पठाएको एनआरएन अमेरीकाको दस्ताबेज-
जोशीको उम्मेद्धारी सम्बन्धी बिबाद आइसीसीमा पुगिसकेको भएपनि एनआरएन अमेरीकाको न्यायिक समिती, केन्द्रिय महासचिव बद्रि के सी तथा अमेरीकाका बस्ने अग्रज भनिएका नेपालीहरु अर्थात जोशीका समर्थकहरुले निर्वाचन समिती तथा निर्वाचन प्रमुख बन्दिता दाहाल लाई जोशीको उम्मेद्धारी सदर गर्न दबाद दिएको बताइएको छ ।
हेर्नुहोस केन्द्रिय महासचिव के सी ले पठाएको पत्र –
एनआरएन अमेरीकाको न्यायिक समितीले पनि पत्र लेख्दै जोशीको उम्मेद्धारी सदर गर्न दवाव दिएपनि दुई वर्षका लागी बनाइएको न्यायीक समितीको म्याद गुज्रीसकेकोले उसको पत्रको मान्यता नहुने जानकारहरुको भनाई छ ।
हेर्नुहोस न्यायिक समितीको पत्र र बिद्यानमा भएको व्यवस्था-
एनआरएनका क्षेत्रीय संयोजक सोनाम लामा र उपसंयोजक एसी शेर्पाले आफ्नो क्षेत्राधिकार नाघेर केन्द्रिय महासचिव के सीले निर्वाचन समितीलाई दबाब दिएपछि असन्तुष्टी जनाउंदै यसबारे केन्द्रिय पदाधिकारी बैठक कुरा उठाउने बताइसकेका छन् ।
केन्द्रिय पदाधिकारी बैठकमा के सी ले मनोमानी ढंगले एनआरएन अमेरीकाको निर्वाचन कार्यक्रम चलिरहंदा पत्र पठाएर हस्तक्षेप गरेको भन्दै केन्द्रिय पदाधिकारी समेत बिभाजित भएका छन् । निर्वाचन समिती स्वतन्त्र भएकोले उसले बिद्यान अनुसार नै गरेकोले निर्वाचन समितीको निर्णय मान्दैनौं भन्नु र स्वतन्त्र निर्वाचन समितीलाई गुमराहामा पारेर स्वार्थ पुर्ती गर्नु गलत प्रबृतिको शुरुवात भएको बताइएको छ ।