दोस्रो लुम्बिनी प्रदेशस्तरीय जुडो प्रतियोगिताको उपाधि मंगोलियनलाई
Saturday, March 4th, 2023, 7:46 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २० फागुन
बाँकेको डुडुवा गाउँपालिकामा शनिबार सम्पन्न दोस्रो लुम्बिनी प्रदेशस्तरीय खुल्ला जुडो प्रतियोगिताको उपाधि बाँकेको खजुरामा रहेको मंगोलियन जुडो डोजेले उचालेको छ । मंगोलियनले ६ स्वार्ण, २ रजत र ५ कास्य जित्दै उपाधि जितेको हो ।
दोस्रो भएको दाङ जुडो डोजोले ३ स्वार्ण, ४ रजत र ३ कास्य जित्यो भने २ स्वर्ण, ४ रजत र ६ कास्यसहित प्रतियोगिता आयोजक कम्दी जुडो डोजो तेस्रो बन्यो ।
त्यस्तै बर्दिया जुडो डोजोले भने १ स्वार्णमात्र जित्न सफल भयो । प्रतियोगिता डुडुवा गाउँपालिकाकाको समन्वयमा कम्दी जुडोले शुक्रबारदेखि डुडुवा गाउँपालिकामा संचालन गरेको थियो । प्रतियोगितालाई डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गरेका थिए ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, कपिलबस्तु गरी ६ वटा जुडो कल्बका १ सय ३० खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा महिला र पुरुषतर्फ ६–६ विद्यामा प्रतिस्पर्धा गराइएको थियो । महिलातर्फ ४०, ४४, ४८, ५२, ५७ केजी र खुल्ला तौल समूह तथा पुरुषतर्फ ४०, ४५, ५०, ५५, ६० केजी र खुल्ला तौल समूहमा प्रतिस्पर्धा भएको हो ।