कोहलपुरमा गोलभेंडा उत्सव हुदैं
Sunday, March 5th, 2023, 7:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) बाँके च्याप्टरले होली पर्वको अवसरमा कोहलपुरमा गोलभेंडा उत्सव–२०२३ गर्ने भएको छ । पश्चिम नेपालको पर्यटन उकास्न विविध कार्यक्रमहरु गर्दै आएको नाटा बाँके च्याप्टरले कोहलपुरलाई पर्यटकिय गतिविधीसँग जोड्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागेको हो । फागुन २३ गते मंगलबार कोहलपुर–११ स्थित गोलपार्कमा विहान ९ बजेदेखि कार्यक्रम सुरु हुनेछ । गोलभेंडा एउटा संरक्षित खाद्य बनस्पति हो । यो फललाई अत्यन्त स्वास्थ्यबद्र्धक, भिटामिन र मसलायुक्त फल मानिन्छ । आलु र सखरखण्ड पछि तेश्रोमा गोलभेंडा विश्वमा सबैभन्दा बढि उत्पादन हुने तरकारी हो ।
नेपालमा पनि विश्वका अरु देश सरह आलु जस्तै हरेक नेपालीको भान्छामा गोलभेंडा पुग्ने गर्दछ । पर्यटकिय दृष्टिकोणले गोलभेंडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने गरिन्छ । अझ स्पेनको बुनोल सहर गोलभेंडा उत्सवको नाम बाट प्रख्यात छ । एक आपसमा गोलभेंडा दलेर मनाइने यो पर्व मनाउन विश्व भरीका पर्यटकहरुले आयोजक समक्ष आवेदन समेत दिने गर्दछन ।

…………
भाईचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यो पर्व हाम्रो होली पर्वका अवसर पारेर स्थानिय किसानहरुको उत्पादनको उच्च सम्मान गर्दै स्वदेशी तथा विदेशी पर्यटकहरुलाई बा“के भित्रयाउन सहज हुने आयोजक नाटा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले बताए ।
नाट्टा बाँके च्याप्टरको आयोजना र होटल एशोसियशन अफ नेपाल बाँकेको सह–आयोजना तथा कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघ कोहलपुरको सहकार्यमा गर्न उत्सव हुन लागेको हो । उत्सवलाई बाँकेको कोहलपुरमा स्थापित गर्न सके कोहलपुर नेपालगन्ज मात्र नभई पश्चिम नेपाल पर्यटकको लागि कोहलपुर गन्तब्य बनाउन सकिन्छ भन्ने मान्यता राखेर गोलभेंडाहरुको रंग संगै होली ‘गोलभेंडा उत्सव नेपाल–२०२३’
तसर्थ यो कार्यक्रमलाई कोहलपुर, नेपालगन्ज र यस क्षेत्रका बिकासप्रेमी जनसमुदायले आत्मसात गर्न लागिएको अध्यक्ष सिग्देलले बताए ।