होलीका अवसरमा बाँकेका विभिन्न कार्यक्रमको आयोजना गरिंदै
Sunday, March 5th, 2023, 9:12 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २१ फागुन
बाँकेको खजुरामा होली उत्सव मनाइने भएको छ । आदर्श युवा सञ्जालको आयोजना फागु पुर्णिमाको दिनसोमबार होली उत्सव मनाइन लागिएको हो । होली उत्सवमा होली मिलन शुभकामना आदान प्रदान, जिल्लाका पत्रकार र सञ्जालका सदस्यहरु विच मैत्रिपुर्ण फुटबल खेलिने सञ्जालका सचिव सुवास निरौलाले जानकारी दिए ।
सञ्जालले हरेक वर्ष होलि पर्वका अवसरमा पत्रकार र सदस्यविच फुटबल खेलको आयोजना गर्दै आएको छ । सामाजिक सदभाव कायम राख्ने उदेश्यले सञ्जालले होली उत्सवको आयोजना गरेको सचिव निरौलाले बताए ।

….
पहाडि क्षेत्रमा होलि पर्व मनाइने दिन २२ गते नै खजुराको मिनि रङ्गशाला डि गाउँमा होलि उत्सवको आयोजना गरिएको आदर्श युवा सञ्जालका अध्यक्ष देव बहादुर कुंवरले जनाए । खजुरामा उक्त सन्जालले सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
यसैगरि सदभाव तथा रंग को पर्ब होलिको अवसर मा नेपाल पत्रकार महासंघ बाके शाखाले पनि शुभकामना आदन–प्रदान कार्यकम आयोजना गरेको छ ।
यसैगरि नेपाल प्रेस युनियन बाँकेले विगतका वर्षहरु झैं यस वर्ष पनि होली मिलन कार्यक्रम गर्न लागेको छ ।