वाल सुधार गृहलाई पुस्तक प्रदान
Tuesday, March 7th, 2023, 5:53 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २३ फागुन
जिल्ला हुलाक कार्यालयका कार्यालय गोविन्दप्रसाद पाण्डे तथा नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख कृष्ण बहादुर पुनले बाँके जिल्ला होलिया गाँऊपालिका वडा नं ६ आस्मानपुरमा रहेको जयेन्दु वाल सुधार गृहलाई सामान्य ज्ञान तथा एस. ई.ई लगायतका कोर्सका १०० वटा पुस्तक हस्तान्तरण गरेका छन् । उक्त पुस्तका वाल सुधार गृहका संरक्षक तथा जग्गादाता समाजसेवी जयकेश सिंहको रोहवरमा उक्त केन्द्रका इन्चार्ज बिमला काउचालाई हस्तान्तरण गरिएको छ ।
पाण्डेले जयेन्दु वाल सुधार गृहमा बिभिन्न किसिमको वाल बिज्याईका कारण रहेका २०० जना वालकको शिक्षामा सुधार गर्न पुस्तकालय व्यवस्थापनका लागि पुस्तक तथा पुस्तकालय सामाग्री संकलन गर्ने कामको संयोजन गरिरहेका छन् । यसै क्रममा संंकलन गरिएका करिव एक हजार पुस्तक तथा दराज लगायतका पुस्तकालय सामाग्री गत असोज ५ गते तत्कालिन महिला वालवालिका तथा समाज कल्याण मन्त्री उमा अधिकारीको रोहवरमा वाल सुधार केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।
वाल सुधार केन्द्रमा रहेका एस.ई.ई परिक्षा दिने बिद्यार्थीहरुका लागि सबै विषयका स्वयमसेवक शिक्षक व्यवस्थापन गरेर अभिमुखीकरण कक्षा संचालन लगायतका अन्य उत्प्रेरणादयी सकारात्मक सोंच विकास कक्षा संचालन गर्ने र पुस्तकालय व्यवस्थापन अभियान निरन्त अगाडी बढाई रहने कुरा पाण्डेले बताए ।