धार्मिक क्षेत्रको प्रसार गर्न खजुरामा महायज्ञ
Tuesday, March 7th, 2023, 6:59 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, २३ फागुन
खजुरा क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्र बनाउने उदेश्यले बुधबार देखी सुरु हुन लागेको श्रीमदभागवत महायज्ञको तयारी पुरा भएको छ । लक्ष्मी नारायण मन्दिर महायज्ञ समारोह समितिको आयोजनामा फाल्गुन २४ देखि ३० गते सम्म खजुरामा हुन गईरहेको श्रीमदभागवत ज्ञान महायज्ञको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा तयारी अन्तीम चरणमा रहेको जनाइएको थियो ।
महायज्ञ मुल समारोह समितिका संयोजक शिव श्रेष्ठको अध्यक्षता तथा संरक्षक सन्तश्री दिन दयाल महाराजजीको मुख्य आतिथ्यमा आयोजित पत्रकार सम्मेलनमा बाँकेको खजुरालाई धार्मिक पर्यटनको हव बनाउन र धार्मिक क्षेत्रहरुको प्रसार प्रचार गर्न श्रीमद भागवत ज्ञान महायज्ञ २०७९ तथा सङ्गीतमय कथा प्रवचनको आयोजना गर्न लागिएको जानकारी दिइएको छ ।
महायज्ञ संचालन हुने स्थान लक्ष्मीनारायण मन्दिर परिसरमा महायज्ञ बाट संङकलित रकमले ८० फिट अग्लो स्थान निर्माण गरि भगवान लक्ष्मीनारायणको मुर्तिसगैं विद्युतिय चक्र निर्माण गरिने लक्ष्य राखिएको छ महायज्ञ सम्पादन समितिका संयोजक श्रेष्ठले बताए ।
लिफ्ट सहितको संरचना निर्माण गर्ने गरि त्यसको थ्रिडि डिजाइन पनि तयार भैसकेको संयोजक श्रेष्ठले बताए । करिव ५ करोडको लागतमा निर्माण गरिने उक्त ८० फिट उचाईको संरचना बहुबर्षिय योजनाका रुपमा लिएर निर्माण गरिने महायज्ञ सम्पादन समितिका सल्लाहकार सरण कर्माचार्यले बताए । आयोजित पत्रकार सम्मेलनमा महायज्ञ बाट करिव १ करोड संकलन हुने अपेक्षा रहेको संयोजक श्रेष्ठले जनाए ।
सप्ताहव्यापी महायज्ञको सुरुवात अघि खजुरा बजारमा पन्चे बाजा सहित विभिन्न बाजागाजाको साथमा कलस यात्रा गरिने हुदाँ सो कलस यात्रामा सहभागि हुन सबैलाई संयोजक श्रेष्ठले आग्रह गरे । महायज्ञमा प्रसिद्ध माधुर्य भागवत कथा वाचक पण्डित श्री बालकृष्ण अर्यालले संगितमय कथा वाचन गर्ने आयोजकले जनाएको छ ।