झरीका बीच डोल्पामा नारी दिवस
Wednesday, March 8th, 2023, 5:51 pm
Kalpristha
विष्णुप्रसाद देवकोटा
डोल्पा,फागुन २४
सिम सिम झरी परिरहेको थियो तर हिमाली जिल्ला डोल्पामा निरथुक भिजिरहेका डोल्पाली नारीहरु भने झरीको प्रवाहा नै नगरी आफुनो दिवस मनाउन व्यस्त थिए । लैङगिक समानताको बलियो आधार प्रविधिमा महिला पहुंचको विस्तार भन्ने नाराकासाथ डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको केन्द त्रिपुराकोटमा ११३ औ नारी दिवस डोल्पाली महिलाले भब्यरुपले मनाएका छन् । महिला दिपसको दिनमा कार्यक्रममा सहभागी महिला जना परियारले काम गरेको ज्याला समेत नपाएर तडपीरहेको बताए ।
महिला दिवसमा सहभागी अर्की महिलाला लकुमारी सार्कीले प्रत्येक वर्ष नारी दिवस मनाउदै आएपनि अधिकांशमहिला भने चुलोचैकामा नै सिमित रहेको बताउदै धेरै शासन ब्यवस्था फेरिएपनि महिलाको अवस्था उस्तै रहेको बताइन् । महिला अन्तरपाटीमहिला सन्जाल त्रिपुराकोटकी अध्यक्ष गोमा उपाध्यायले महिलाहरु अझैपनि गिट्टी कुटी परिवारको लालनपोषण गदै चाउचाउको पोका वोकेर भएपजिन दिवस मनाउन आएको बताइन् ।
त्रिपुरासुन्दरी नगरपालिकाका उपप्रमुख देवी घर्तिको अध्यक्षतामा समपन्न कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका ११ वटै वडाबाट सहभागी महिलाहरुले चुटकिला दोहोरी स्थानीय महिला समस्या झल्काउने सडक नाटक लगायतका सांस्कृतिकभलकहरु प्रस्तुत गरेका थिए । कार्यक्रममा जिल्लास्थित विभिन्नकार्यालयका प्रमुख तथा विभिन्न राजनीतिकदलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।