पत्रकार महिलाका लागी खोज मुलक पत्रकारिता तालिम नेपालगन्जमा
Thursday, March 9th, 2023, 7:28 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २५ फागुन
बाँके र बर्दियाका पत्रकार महिलाहरुको क्षमता अभिवृद्धिका लागी २ दिने खोज मुलक पत्रकारिता तालिम विहिवारबाट नेपालगन्जमा शुरु भएको छ । सञ्चारिका समुह लुम्बीनी प्रदेश र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पत्रकार महिलाका लागि तालिमको आयोजना गरिएको हो ।
पत्रकार महिलाहरुलाई पत्रकारिता क्षेत्रमा सशक्त र व्यवसायीक रुपमा अगाडी बढाउन प्रेरित गर्ने उदेश्यका साथ आयोजना गरिएको सञ्चारिका समुह लुम्बीनी प्रदेशका अध्यक्ष अमृता अनमोलले बताईन् । ‘यस तालिमले पत्रकार महिलालाई अनुसन्धानात्मक र खोजमुलक समाचार सामाग्री उत्पादन गर्न सहयोग पुग्ने छ ।’– सञ्चारिका समुह लुम्बीनी प्रदेशका अध्यक्ष अनमोलले भनिन् ।

..
तालिममा प्रेस चौतरी नेपालका केन्द्रिय सदस्य एवम बरिष्ठ पत्रकार रुद्र सुवेदी र सञ्चारिका समुह लुम्बीनी प्रदेशका अध्यक्ष अमृता अनमोल प्रशिक्षक रहेका छन् ।
प्रशिक्षणका क्रममा पत्रकार सुवेदीले पत्रकारिता क्षेत्र आफैमा समाज परिर्वतनको बलियो माध्याम भएको बताए । साथै उनले यस क्षेत्रमा महिला उपस्थितीलाई अझै बलियो बनाउन खोज मुलक पत्रकारिता बढी आवश्यक रहेको बताए ।
यसका लागी बढी भन्दा बढी अध्ययन र श्रोतको पहिचान जरुरी रहेको समेत बताए । विहिबारबाट शुरु भएको तालिममा सञ्चारिका समुह लुम्बिनी प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य लगाएत बाँके तथा बर्दियाका पत्रकार महिलाहरुको सहभागिता रहेको छ ।

…