नर्सिङ क्याम्पस स्ववियु सभापतिमा दिपिका सोनी विजयी
Sunday, March 19th, 2023, 8:16 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ५ चैत
नेपालगन्ज नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा दिपिका सोनी निर्वाचित भएकी छन् । अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी संघ र अनेरास्ववियू (समाजवादी) को संयुक्त प्यानल तर्फका उम्मेदवार सोनीले ८१ मत ल्याएर ३ अंकको मतान्तरले क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएकी हुन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’को तर्फबाटका उम्मेदवार निलिमा गिरिले ७८ मत प्राप्त गरिन् ।
यसैगरि सचिवमा अनेरास्ववियुका देवार्चना अधिकारी निर्वाचित भएकी छन् । संयुक्त प्यानल तर्फका नेहा थापालाई ५ अंकको मतान्तरले हराउदै अधिकारी सचिवमा निर्वाचित भएकी हुन् ।
यसैगरि प्रत्यक्ष तर्फका सदस्यहरुमा संयुक्त प्यानल तर्फका १ जना र अनेरास्ववियु तर्फबाटका २ जना निर्वाचित भएका छन् ।
त्रिभुवन बिश्वबिद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्र्तगतको नेपालगन्ज नर्सिङ क्याम्पसमा आईतवार सम्पन्न स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’को तर्फबाट निलिमा गिरि तथा तिनवटा संगठनका संयुक्त उम्मेदवार दिपिका सोनी सभापतिमा अघि सरेका थिए ।
यहाँ १ सय ६१ मतदाता रहेकोमा सबैले मतदान गरेको निर्वाचन अधिकृत कल्पना पौड्यालले जानकारी दिएकी छन् ।