डा. भोला रिजालको व्यक्तित्व र कर्मको वयान गर्नुपर्ने आवश्यक सायदै होला । उनको नाम नै काफि छ, चिकित्सकीय क्षेत्र होस् या त कला र सामाजिक क्षेत्रमा । हामीले हाम्रो समाजमा त्यस्ता थुप्रै मानिसहरु देखेका छौ, जो सफलता प्राप्त गर्नका लागि एउटै कर्ममा दिनरात मेहनत गरिरहेका हुन्छन तर तिनीहरुमध्ये थोरैले मात्र सफलता प्राप्त गर्छन् । तर डा. भोला रिजाल एउटा यस्तो नाम हो, उनले पाईला चालेका प्रायजसो सबै कार्यमा सफल भएका छन् । ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. का अध्यक्षसमेत रहेका डा. रिजालको सरल व्यक्तित्व, दृढ संकल्प र सफलताका कारणले गर्दा आजको दिनमा उनी लाखौ व्यक्तिको प्रेरणाको स्रोत समेत बनेका छन् ।
कला र चिकित्सकीय दुवै क्षेत्रमा छुट्टै छाप छोड्न सफल भएका डा. रिजालको शब्द रहेको पछिल्लो म्युजिक भिडियो जय पाथिभरा माता सार्वजनिक भएको छ । काठमाडौैं धुम्बाराहिस्थित पत्रकार सम्मेलन गरी उनले आफ्नै युटुब च्यानलमार्फत भिडियो सार्वजनिक गरेका हुन् । भिडियोमा उनी स्वंय र उनको पत्नी सरला रिजाल लगायत अन्यले अभिनय गरेका छन् । रामा मण्डलको स्वर रहेको सो गीतमा नरहरि प्रेमीको संगीत रहेको छ । म्युजिक भिडियोको निर्देशककोे पाटो आशिक राईले सम्हालेका छन् भने सम्पादन रमित ओलीले गरेका छन् ।