नेपालगन्जमा प्लम्बर मजदुरले गरे रक्तदान
Wednesday, March 22nd, 2023, 8:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ८ चैत
विश्व पानी दिवसको अवसरमा प्लम्बर एशोसियसन बाँकेले बुधबार नेपालगन्जमा रक्तदान कार्यक्रम गरेको छ । भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्र नेपालगन्जमा रक्तदान गरिएको थियो । जसमा ५५ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक आनन्द बहादुर खड्काले जानकारी गराए । प्लम्बर एशोसियसन बाँके जिल्ला भरी कार्य क्षेत्र संचालन गरि प्लम्बिङ पेशामा आवद्ध मजदुरहरुको संगठन साझा संगठन हो ।
नेपाल रेडक्रस सोसाईटी क्षेत्रीय रक्त संचार केन्द्र नेपालगन्जको प्राविधिक सहयोगमा गरिएको रक्तदान विहान ८ बजेदेखि सुरु भएको थियो । प्लम्बर एशोसियसन बाँके अध्यक्ष अशोक कुमार चौधरी र सचिव मंगल थारुले रक्तदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।
रक्तदान गर्न आएका व्यक्तिलाई प्रदान गरिएको जुस र फलफुल खरिदमा मार्वल टेक्नोप्लाष्ट प्रालिको नेपालगन्ज शाखाले सहयोग गरेको आयोजकले बताएको छ । कार्यक्रममा पञ्चकन्या समुह शाखा र मार्केटिङ, व्यवस्थापन टिम, नेपाटप पाइप एण्ड फिटिङ प्रालि टिम, जय बागेश्वरी इण्डष्ट्रिज प्रालि प्रतिनिधि र प्लम्बिङ पेशामा आवद्ध भएका प्राविधिकहरुले रक्तदान गरेका थिए ।
प्लम्बिङ पेशामा आवद्ध टेक्निसियनहरुले जोखिम युक्त निर्माण कार्य सम्पादन गर्ने क्रममा आईपर्ने सम्भावित दुर्घटनामा परेका व्यक्तिलाई रगत अभाव नहोस भनेर रक्तदान गरिएको प्लम्बर एशोसियसन बाँके अध्यक्ष अशोक कुमार चौधरीले बताए ।

……….