मब क्याम्पस स्ववियु सभापतिमा अनेरास्ववियुका खत्री निर्वाचित
Thursday, March 23rd, 2023, 9:30 am
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ९ चैत
पश्चिम नेपालकै पुरानो महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) सभापतिमा अनेरास्ववियुका माधव खत्री निर्वाचित भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी नेपाल बिद्यार्थी संघका जीवनराज सुवेदीलाई पराजित गरेको क्याम्पसका निर्वाचन अधिकृत ठण्डीराज जमरकट्टेलले जानकारी दिए । सभापतिमा खत्री सहित संयुक्त प्यानलै विजयी भएको छ ।
उनले निकटतम प्रतिद्वन्द्वी नेपाल बिद्यार्थी संघका सुवेदीलाई ९० मतान्तरले पछि पार्दै जित हासील गरेका हुन् । सुवेदीले ६ सय ६६ मत ल्याउदा खत्रीले भने ७ सय ५६ मत ल्यायका छन् ।
यस क्यम्पसमा स्ववियु सभापति पदका लागि ५ जनाले प्रतिस्पर्धा गरेका थिए ।
सभापतिमा नेविसंघबाट सुवेदी र अनेरास्ववियुबाट खत्री चुनावी प्रतिष्पर्धामा सभापतिका उम्मेदवार थिए । भने, अखिल क्रान्तिकारी विद्यार्थी संघबाट भावना थापा, अखिल नेपाल राष्टिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बाट सुजन परियार र स्वतन्त्र उम्मेदवार मुकेशसिंह कुँवर पनि सभापतिका उम्मेदवार थिए ।
निर्वाचनका लागि कुल ४ हजार १ सय २२ मतदाता रहेकोमा १६ सय ९१ जनाले मात्रै मतदान गरेका थिए । जुन कुल मतदाताको ४१ प्रतिशत मात्रै हो ।
निर्वाचनको मतपरिणम सार्वजनिक भएपछि कालपेष्ठ संग कुरा गर्दै स्ववियु सभापतिमा विजयी उम्मेदवार माधव खत्रीले क्याम्पसको समग्र रुपमा सुदृढीकरण, सम्पुण शैक्षिक गतिविधिहरुको नियमिततासंगै पारदर्शी र निष्पक्ष भएर क्याम्पसको समग्र विकासको एजेण्डामा सबैसंग सहकार्य गरेर आफु अघि बढ्ने बताए ।
जित सँगै अनेरास्ववियुले क्याम्पसमा आफ्नो अस्तित्व कायम राखेको छ । नेविसंघले २०५८÷५९ तिर दीपक भण्डारीको नेतृत्वमा स्वबियु सभापति जितेको थियो । त्यसपछि अनेरास्ववियुका तर्फबाट रत्न खत्रीले स्ववियु सभापति पद जितेका थिए ।
खत्रीपछि नेपाल विद्यार्थी संघका पुस्पराज शर्माले स्ववियु सभापति जितेका थिए । शर्माको कार्यकाल पश्चात् अखिल क्रान्तिकारीका रामबहादुर बिक सभापतिको जिम्मेवारीमा पुग्न सफल भएका थिए । यस क्षेत्रको ठूलो र पुरानो क्याम्पस भएकाले पनि यो निर्वाचनलाई सबै राजनितिक दलहरुले चासोका साथ हेरेका थिए । महेन्द्र बहुमुखी क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको थिएन ।
काँग्रेस निकट नेविसंघले नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनसँग तालमेल गरेको थियोे, भने एमाले निकट अनेरास्ववियुले पनि अन्य आडवटा संगठगन संग संयुक्त प्यानल बनाएको थियोे ।
बाँकेमा यस अघि चार क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न भैसकेको छ । जसमा दुईवटा क्याम्पसको सभापतिमा एमाले निकट अनेरास्ववियु, एउटामा कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एउटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित भएका छन् ।
नेपालगन्ज नर्सिङ क्याम्पसमा नेविसंघ, अनेरास्ववियू समाजवादी, अखिल क्रान्तिकारी संयुक्त प्यानलकी उम्मेदवार दिपिका सोनी, ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुरामा अनेरास्ववियुका विनय कुमार यादव, बागेश्वरी क्याम्पस कोहलपुरमा पनि अनेरास्ववियुकै देबेन्द्र बुढा सभापतिमा विजयी भएका थिए ।
जनसिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा अनेरास्ववियू, नेविसंघ र नागरिक विद्यार्थी समाज संयुक्त प्यानलबाट निरा थारु सभापतिका रुपमा निर्वाचित भैसकेकी छिन् ।

….