दमदार प्रदर्शनले उदाएका दिपक सिंह ठकुरी
Friday, March 24th, 2023, 7:22 pm
Kalpristha
जी. थापा
जारी लिगको पाँचौ चरणको समाप्तिसम्म सर्वाधिक गोलकर्ताको रुपमा आपूmलाई उभ्याउन सफल दिपक सिंह ठकुरी (विक्रम) को स्पिड, ड्रिब्लिङ र गोल गर्ने शैलीले धेरै दर्शकलाई लोभ्यायो । लिगको हरेक खेलमा अटेकिङ थर्डका नायक बनेका उनी अग्रपक्तिमा अत्यन्तै ऊर्जावान सावित भए । दुई खेलमा लगातार म्यान अफ दी म्याचको पुरस्कारबाट पुरस्कृत पनि भए ।
बल भेटृाएपछि तीब्र गतिमा अगाडि बढ्ने उनको कौशल्ताले विपक्षी रक्षापक्तिलाई समेत अप्ठ्यारो पार्ने गथ्र्यो । सातदोबाटोले खेलेका पाँच खेल मध्ये तीन खेलमा उनले चार गोल गरेका छन् । आधुनिक फुटबलको विशेषता भनेको आक्रमक र अचुक फिनिसिङ चाहिन्छ । उनमा यी दुबै गुणहरु छन् ।
खेलमा जसरी जितको लागि गोल चाहिन्छ । त्यसरी नै गोलको लागि दिपक चाहिन्छ भन्ने माहौल बनाउन उनी आतुर देखिन्छन् । उनको खुटृामा बल परेपछि अट्याकिङ थर्डमा उनको प्रदर्शन हेर्ने लायकको हुन्छ । उनको यही क्षमतालाई बुझेर राष्ट्रिय टोलीका नवनियुक्त मुख्य प्रशिक्षक अल्बर्टो एनीसले उनलाई राष्ट्रिय टोलीमा समेटेका छन् । यही चैत्र ८ देखि १७ सम्म आयोजना हुने नेपाल, लाओस र भुटान सम्मीलित त्रिदेशीय कपमा राष्ट्रिय टोलीमा अटाएका ६ जना नयाँ अनुहारमध्ये दिपक पनि एक हुन् ।
खेलाडी पलायनले रित्तिएको राष्ट्रिय टोलीमा अन्जन विष्टको जोडीमा दिपक सिंह ठकुरी राम्रो विकल्प हुन सक्ने आँकल गरिएको छ । नेपालका भरपर्दा स्ट्राइकर भरत खवास, नवयुग श्रेष्ठ, बिमल घर्तिमगर फर्ममा नहुँदा अग्रपक्तिमा आपूmलाई प्रमाणित गर्ने सकेको खण्डमा राष्ट्रिय टोलीमा स्थापित हुने अवसर पनि उनलाई छ । मुख्य प्रशिक्षक एनीसको नेतृत्वमा पहिलो खेल खेल्दै गरेको राष्ट्रिय टोलीमा दिपकको उपस्थिति यसकारणले पनि अर्थपूर्ण मानिएको छ । चालु सिजनको लिगमा दिपकले गरेको उत्कृष्ट प्रदर्शनकै आधारमा राष्ट्रिय टोलीमा परेको उनलाई राम्ररी थाहा छ । यस्तोमा राष्ट्रिय टोलीबाट डेब्यू गर्ने अवसर पाएमा उनले त्यसको भरपुर सदुपयोग गर्नेमा कुनै शंका छैन् ।
झण्डै तीन वर्षअघि सुदूरपश्चिम एघारबाट फुटबल करियर शुरु गरेका ठकुरी पश्चिम नेपालको फुटबलमा परिचित नाम हो । त्यसो त सुदूरपश्चिम एघार टोलीले जितेका उपाधि र हरेक सफलतामा उनको नाम जोडिएर आउँछ । मोफसलका प्रतियोगिताहरुमा उच्च प्रदर्शन गरेका दिपकको खेल देखेरै तत्कालीन सातदोबाटो युवा क्लबका मुख्य प्रशिक्षक रहेका मेघराज केसीले उनलाई अघिल्लो वर्ष सातदोबाटो क्लबमा खेल्ने अवसर दिए । प्रतिभाशाली खेलाडी चिन्न माहिर मेघराज केसीले नै उनै दिपकलाई शीर्ष डिभीजन क्लबमा खेल्ने वातावरण मिलाएका थिए । त्यस यता उनले पछाडि फर्केर हेर्नुपरेको छैन् ।
घरेलु फुटबलको मेरुदण्ड मानिने शीर्ष डिभीजनको लिगमा उनले गरेको दमदार प्रदर्शनकै बाबजुद दिपक नेपाली फुटबलमा उदाउदो स्टार खेलाडीको रुपमा अगाडि आएका छन् । अनुशासन, मिहिनेत र परिश्रममा खारिन सक्ने हो भने उनलाई राष्ट्रिय टोलीको नियमित खेलाडीको रुपमा हेर्न र देख्नको लागि खासै सारो गाह्रो हुने छैन् । उनलाई अग्रपक्तिका खेल्नका लागि उचाईले पनि साथ दिएको छ । यसरी हेर्दा, उनको फुटबल करियर अभैm माथि जाने सम्भावना बढेर गएको छ ।
बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही दिपक सिंह ठकुरीलाई बाँकेको उदायमान खेलाडीको रुपमा हेरेको बताउँछन् । राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका उनीमाथि उत्कृष्ट प्रदर्शन गर्ने जिम्मेवारी बढेको छ । नेपालगंज गोल्डकपमा नेपालगंज एघारबाट प्रतिनिधित्व गरिसकेका दिपकमा अग्रपक्तिमा खेल्ने खेलाडीमा हुनुपर्ने सबै गुणहरु रहेको उनको ठम्याई छ ।