१ लाख २० हजार धरौटीमा छुटे उपमेयर कमरुद्दिन राई
Saturday, March 25th, 2023, 7:22 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, ११ चैत
आफनो ठेगाना परिवर्तन र ठगी मुद्दाको आरोप लागेका नेपालगन्ज उप–मेयर कमरुद्दिन राईलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ । गत बिहिबार राईलाई जिल्ला अदालतका न्यायधिश सनतचन्द्र लवटको इजलाशले १ लाख २० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । पक्राउ पुर्जी जारी भएपनि उपमेयर राईले प्रहरीले राजनिति दबाब कारण नियन्त्रणमा लिएको थिएन् । बाँके प्रहरीले देखावटीमा रुपमा पक्राउ गरेर अदालतमा बयानका लागि राईलाई उपस्थिती गराएको खुल्न आएको छ ।
उपमेयर राई आफै बुधबार बाँके जिल्ला प्रहरी कार्यालयमा हाजिर भएका थिए । केहि घण्टापछि राई घर गएका थिए । बिहिबार प्रहरीले राईलाई अदालतमा पेश गरेको थियो । बाँके जिल्लाका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले आरोपित राईले प्रहरी कार्यालयमा आएर आत्मसर्पण गरेको बताए । गत माघ १८ गते राई विरुद्ध सार्वजनिक न्याय विरुद्धको कसुरमा प्रक्राउ पुर्जी जारी भएको थियो । तर उनलाई प्रहरीले आर्थिक र राजनिति दबाबका कारण पक्राउ गरेको थिएन् ।
पुर्व महिला बालबालिका तथा समाजकल्याण मन्त्री सर्वदेव ओझाले राई सहित तिन जना विरुद्ध ठगी र आफनो बाबुको नाम र ठेगाना परिवर्तन गरेको आरोपमा अदालतमा मुद्दा दायर गरेका थिए । जुन ठगी र नक्कली कागजात प्रयोग गरेको आरोप सर्वोच्चमा दायर गरेको मुद्दा विचाराधिन अवस्थामा छ । जसमा उपमेयर राईले आफनो वास्तविक ठेगाना र बाबुको नाममा दुई आधिकारिक पत्रमा फरक फरक पेश गरेर आरोपबाट जोगिने प्रयास गरेको ओझाले आरोप लगाउँदै आएका छन् ।
जिल्ला र पुनरावेदनबाट मुद्दा हारेका ओझाले सर्वोच्चमा अपिल गरेका थिए । सर्वोच्च अदालत भने उक्त मुद्दालाई पुन अनुसन्धान गर्न आवश्यक भएको भन्दैं उल्टाएको छ ।
पुर्व मन्त्री ओझाले कमरुद्दिन राई, देवानजंग चौधरी र अर्जुन उप्रेतीले मिलेर २०६९ सालमा १ करोड १३ लाख ५२ हजार रुपैयाँ बराबरको बिउबिजनका सामाग्री ठगी गरेको आरोप लगाउँदैं जिल्ला हुँदैं पुनरावेदन अदालतमा मुद्दा दर्ता गराएका थिए ।
पुर्व मन्त्री ओझा भारतबाट कानुनी रुपमा नेपालमा बिउबिजनहरु ल्याएर बिक्री गर्ने व्यवसायी थिए । ठगिएका कारण पछि उनले यो व्यवसाय नै छोडिसकेका छन् । उनको श्रीमतीको नाममा रहेको मनिषा एग्री बायोटेक प्रालि कम्पनी रहेको छ । जसको क्लियरिङ एजेन्टका रुपमा कमरुद्दिन राईलाई ओझाले जिम्मेवारी दिएका थिए । त्यतिबेला उनी राजनितिमा आएका थिएनन् ।
पछि तिनै राईले आफुलाई थोका दिएर ठगी गरेको ओझाले आरोप लगाउँदै आएका छन् । २०६९ सालमा भारतबाट मनिषा एग्री बायोटेकले १ करोड १३ लाख ५२ हजार रुपैयाँ बराबरको सामाना आयत गरेको देखिन्छ । त्यसको निर्यातका लागि भारतीय भन्सारमा एजेन्टको रुपमा कमरुद्दिन राईले हस्ताक्षर गरेर सामान बुझेको प्रमाणमा देखिन्छ । तर भन्सार कार्यालय नेपालगन्ज र क्वारेन्टाईनमा भने कमरुद्दिनले उक्त सामानको आयातकर्ता साउथ इस्ट एसियन कम्पनी नाममा बुझेका छन् । यसरी आयात गरेको सामाना आफुलाई थाहै नदिएर कमरुद्दिन लगायतले बिक्री गरेको आरोप ओझाको छ ।
सुरुआतमा ओझाले राईका विरुद्धमा ठगी मुद्दा दिएका थिए । अदालतमा बयान दिने क्रममा राईले आफनो ठेगाना नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर २० र बाबुको नाम गोबरे कबाडिया उल्लेख गरे । तर भन्सार एजेन्टको रुपमा कागजात पेश गर्दा बाबुको नाम अकबर अली र वडा नम्बर २ उल्लेख गरेका छन् ।