लाओसविरुद्धको फाइनल खेलमा दिपक सिंह ठकुरी सुरुआती-११ मा
Friday, March 31st, 2023, 5:37 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ चैत
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत लाओसविरुद्ध फाइनल खेल्ने नेपालको सुरुआती-११ सार्वजनिक भएको छ । नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनीसले कप्तान किरण चेम्जोङको कप्तानीमा लाओसविरुद्ध खेल्ने सुरुआती-११ घोषणा गरेका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र लाओसबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ । घरेलु समर्थकको साथ पाउने नेपाल आफु भन्दा तल्लो वरीयताको लाओसलाई हराएर उपाधि उचाल्न चाहन्छ । यता, लाओस पनि नेपाललाई घरेलु मैदानमै हराएर उपाधि उचाल्न चाहन्छ ।
लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको फाइनल पक्का गरेको हो । प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन् ।
लाओससँग खेल्ने नेपाली टोली –
गोलकिपर – किरण चेम्जोङ
फरवार्ड – आयुष घलान, दिपक सिंह ठकुरी, मनिष डाँगी
डिफेन्डर – अनन्त तामाङ, विकास खवास, सनिश श्रेष्ठ, रोहित चन्द
मिडफिल्डर – नविन लामा, मणि कुमार लामा, एरिक विष्ट,