नेपालगन्जमा रैथाने परिकारलाई प्रर्वद्धन गर्न फुड लेन गरिदैं
Friday, March 31st, 2023, 10:03 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, १७ चैत
नेपालगन्जका परम्परागत रैथाने परिकारलाई प्रवद्र्धन गर्ने उद्देश्य सहित नेपालगन्जमा फुड लेन गर्ने तयारी सुरु भएको छ । नाटा बाँके च्याप्टरको आयोजनामा गर्न लागिएको फुड लेनले यहाँका मौलिक परिकारका खाने कुराहरुलाई थप व्यवसायिक रुपमा प्रवद्र्धन गर्ने योजना बनाएको छ ।
नेपालगन्जमा शुक्रबार भएको बैठकले नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देलको अध्यक्षतामा ११ सदस्यीय फुडलेन नेपालगन्ज व्यवस्थापन समिति गठन गरिएको छ । जसको अध्यक्षमा श्रीराम सिग्देल, सह-संयोजकमा नन्दलाल वैश्य, सदस्यहरुमा कालपृष्ठ दैनिकका संस्थापक अध्यक्ष एवम् प्रधान सम्पादक हेमन्त कर्माचार्य, मीन मल्ल, भिम रानाभाट, विन्दु चर्तिमगर, डा. बिनोद कणर्, निरञ्जन राज भण्डारी, हेमन्तराज काफ्ले, राम बहादुर श्रेष्ठ र सुरेश गोयल रहेका छन् ।
व्यवस्थापन समितिको सल्लाहाकारमा नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सिरी, हान बाँके अध्यक्ष दिवाकर खनाल र पत्रकार झलक गैरे रहेका छन् ।
समितिले छिटटै बैठक बसेर आयोजना मिति र व्यवस्थापनको बारेमा थप छलफल गर्ने अध्यक्ष सिग्देलले बताए ।
सद्भावको सहर नेपालगन्जलाई स्वादसँग जोडन्को लागि फुड लेन कार्यक्रमले सघाउने अध्यक्ष सिग्देलले बताए । उनले भने,‘यसले यहाँको सद्भावलाई थप बलियो बनाउन सक्छ । नेपालगन्जका मौलिक परिकारको आफनै पहिचान र स्वाद छ । यसलाई थप प्रवद्र्धन गर्न सके यहाँ आउने पर्यटकहरुको बसाई एक दिन थपिन सक्छ । यसले यहाँको आन्तरिक प्रयर्टन र मौलिक परिकारको व्यापार बढाउँछ ।’
फुड लेन आयोजनाका लागि अन्य आवश्यक सरोकारवालासँग पनि छलफल गरेर अगाडी बढने योजना रहेको अध्यक्ष सिग्देलले बताए । शुक्रबार भएको पहिलो छलफल कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुर, निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, सदस्य बिन्दु चर्तिमगर, भीम रानााभाट लगायतको उपस्थिती रहेको थियो ।