सूर्यज्योति लाइफ इन्स्योरेन्सको एमडीआरटी मिट २०२३ भव्यताका साथ सम्पन्न
Sunday, April 2nd, 2023, 6:08 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
काठमाडौं, १९ चैत
सूर्यज्योति लाइफ इन्स्योरेन्सले एमडीआरटी मिट २०२३ धुलिखेलमा भव्यताका साथ सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एमडीआरटी २०२३ का लागि मनोनित सम्पुर्ण एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै सिओटी हुन सफल गौरब कुमार शाही र टिओटी कमल प्रसाद घिमिरेलाई विशेष सम्मान गर्दै टिओटी कमल प्रसाद घिमिरेलाई रोयल इन्फिल्ड मोटरसाईकल कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले हस्तान्तरण गरेका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतहरुले उक्त कार्यक्रममा सिओटी, टिओटी तथा एमडीआरटीहरुलाई सम्मान गर्नुका साथै उत्प्रेरणात्मक तालिम प्रदान गरेका थिए । सोहि कार्यक्रममा उपस्थित सम्पुर्ण व्यक्तित्वहरुले एकसाथ कम्पनीको २०८० सालको क्यालेन्डर अनावरण गरेका थिए । उक्त क्यालेन्डरमा देशका विभिन्न स्थानहरुबाट सूर्यज्योति झल्किने मनमोहक तस्बिरहरु समावेश गरिएको छ ।
यस कार्यक्रमले आगामी वर्षहरुमा एमडीआरटी संख्या अझ बृद्धि गर्ने हौसला मिलेको कुरा सिओटी गौरव कुमार शाहीले जानकारी गराए । सोही कार्यक्रममा टिओटी कमल प्रसाद घिमिरले अभिकर्ता पेशालाई मर्यादित बनाउन अहोरात्र आफु खटिने जानकारी गराए । वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले सदैव लक्ष्य उच्च राखेमा अवश्य सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश कार्यक्रममा व्यक्त गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले आगामी वर्षमा तुलनात्मक हिसाबले एमडीआरटीहरुको संख्यामा वृद्धि गर्न हौसला दिँदै आजैबाट आफ्नो गन्तव्यतिर लाग्न पे्ररित गरेका थिए । सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जर पश्चात बनेको आइ एस ओ ९००१ः२०१५ बाट सम्मानित सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हाल चु्क्ता पूँजी रु. ४.५४ अर्ब रहको र देशभर १८१ शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्दै आएको छ ।