कबड्डी खेलाडी इसरार खाँलाई खजुरा गाउँपालिकाको सम्मान
Sunday, April 2nd, 2023, 6:50 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
खजुरा, १९ चैत
खजुरा गाउँपालिकाले दोस्रो जुनियर विश्वकप कबड्डी च्याम्पियनसिपका खेलाडी खजुरा गाउँपालिका वडा नम्बर ७ का वासिन्दा ईसरार खाँ लाई खजुरा गाउँपालिकाले सम्मान गरेको छ ।
इरानमा भएको विश्वकप जुनियर कबड्डी खेलमा नेपाली टिमबाट छनौट भई उत्कृष्ट प्रदर्शनका साथ तृतिय स्थान हासिल गरेका खजुरा गाउँपालिका–७, बाँकेका इसरार खाँलाइ नगद रु ५१,००० (अक्षरुपी एकाउन्न हजार) सहित सम्मान पत्र खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक, उपाध्यक्ष मन्जु मल्ल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले लगाएतले हस्तान्तरण गरेका छन् ।
खाँ सहितको कबड्डी टोलिले इरानमा सम्पन्न दोस्रो जुनियर विश्वकप कबड्डी च्याम्पियनसिपमा नेपालले तेस्रो स्थान हाँसील गरेको थियो । खजुरा गाउँपालिका वडा नम्बर ७, बाँकेका स्थायी वासिन्दा खाँ ले नेपालका लागि उक्त च्याम्पियनसिप खेलेका थिए ।
सम्मान कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिकले ईसरार खाँ बाँके खजुराको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको र राष्ट्रको नाम खेलकुदका तर्फबाट उच्च स्थानमा राखेको भन्दै गाउँपालिकाले सम्मानका रुपमा सहयोग गरेको बताए ।