सडक सम्बन्धि गुरुयोजना तयार पार्दै राप्तीसोनारी
Tuesday, April 4th, 2023, 9:39 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
सडक सम्बन्धि गुरुयोजना तयार पार्नका लागि राप्ती सोनारी गाँउपालिका वडा स्तरमा पुगेको छ । पालिकाले आफ्नो सडक सम्बन्धि गुरुयोजनाको कार्यलाई तिव्रता दिन र पालिकाभरीको यातायात करिडोरहरुमा सडकहरुको डिपिआर बनाउन प्राविधिक सहितको टोली वडास्तरमै खटाएको हो ।
सडकका नयाँ योजना बनाउनका लागि गाँउपालिकाले त्यहाँको आवस्थाको बारेमा जानकारी लिन सुरु गरेको पालिका प्रमुख तप्त बहादुर पौडेल बताउछन् । पहिलो चरणमा फिल्ड अनुगमन गर्ने, छलफल गर्ने, नयाँ बन्ने र भैरहेको बाटोको बारेमा जानकारी लिने कार्य भैरहेको इन्जिनियर छविलाल अधिकारीले जानकारी दिए ।
गाँउपालिकाको सडक गुरुयोजना बनाउने टिमसँग मंगलबार वडा नम्बर ८ मा छलफल कार्यक्रमको आयोजना गरि राय सुझाव लिने कार्य गरिएको थियो । वडाध्यक्ष सालिकराम डांगीको अध्यक्षतामा भएको छफलमा समग्र वडामा रहेका बाटो र पर्यटकिय क्षेत्रहरुको गुरुयोजना बनाउने बारेमा चर्चा गरिएको थियो । वडामा रहेका ग्रामिण सडकहरुलाई मुख्य सडकसंग जोड्नका लागि पनि गुरुयोजनाको डिपिआरमा सहभागि गराउन वडाध्यक्ष डांगीले आग्रह गरे ।