स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न
Wednesday, April 5th, 2023, 7:43 pm
Kalpristha
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
त्रिनेत्र समृद्ध नेपाल(टिपिएन) बाँकेको आयोजनामा नेपालगन्जमा महिलाहरुको लागि स्वास्थ्य सम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ को सहकार्यमा भएको चेतनामुलक कार्यक्रममा वडाका ६० जना महिलाहरुको सहभागिता रहेको थियो । बुधबार नेपालगन्ज बिपी चोक स्थित सिएसटी होटलमा भएको कार्यक्रममा सहभागि भएका महिलाहरुलाई स्वास्थ्य समस्याहरुको बारेमा जानकारी गराउने काम गरिएको थियो ।
आयोजक त्रिनेत्र समृद्ध नेपाल(टिपिएन) बाँके अध्यक्ष सुशिला पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ अध्यक्ष तरुण बज्राचार्य प्रमुख अतिथिका रुपमा उपस्थित भएका थिए । कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै अध्यक्ष बज्राचार्यले महिलाहरुले आफना स्वास्थ्य सम्बन्धी समस्या खुलेर कुराकानी गर्दै त्यसको समाधानको लागि एक अर्कालाई सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा सिकेको स्वास्थ्य सम्बन्धी ज्ञानहरु समुदायमा गएर अन्य महिलालाई सिकाउन तालिमका सहभागिहरुलाई अध्यक्ष बज्राचार्यले आग्रह गरे ।
कार्यक्रमको उद्घाटन समारोहमा नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ सदस्य राजकुमार वाल्मिकी, बिनोद रस्तोगी, चन्दा चिडिमार, सुुशिला पन्तको सहभागिता रहेको थियो । कार्यक्रममा आयोजक संस्थाकी सदस्य केशु पोख्ररेलले स्वागत मन्त्व्य राखेकी थिईन भने वडा सदस्यले कार्यक्रमलाई उपलब्धमुलुक बनाउन सहभागिलाई अनुरोध गरेकी थिईन् ।

……………
आयोजक संस्थाकी सदस्य तारा वलीले संचालन गरेको कार्यक्रमका सहभागिलाई नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १२ स्वास्थ्य चौकी प्रमुख आरती थारु र सुमन गिरीले सहजीकरण गरेका थिए । त्रिनेत्र समृद्ध नेपाल(टिपिएन) बाँकेले महिला, बालबालिका, शिक्षा र सामाजिक मेलमिलापको क्षेत्रमा काम गर्दै आएको छ ।