‘पलायन हुँदैछन् नेपालगन्जबाट व्यापारी’
Wednesday, April 5th, 2023, 8:50 pm
Kalpristha
नेपालगन्जबाट दुई सय व्यापारी पलायन भइसकेको अध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय आर्थिक मन्दीका कारण नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली हुँदै गएका छन् । व्यवसायीले व्यवसाय छाडेपछी खाली सटरमा ताला लागेका दृश्यहरु पनि देख्न सकिन्छ भने कतिपय व्यवसायीले घरभाडा तिर्न नसकेर आफ्ना सामानहरु अन्यत्र व्यवस्थापन गर्ने तरखरमा छन् ।
कालपृष्ठ समाचारदाता
नेपालगन्ज, २२ चैत
नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँकेले व्यापारीको पलायन रोक्न र व्यापारीलाई टिकाई राख्नको लागि घर भाडामा छुट दिन माग गरेको छ । महासंघले देश जटिल आर्थिक मन्दीमा फसिरहेको अवस्थामा बाँकेका व्यववसायीको संरक्षण गर्नुपर्ने आवाज उठेको हो । बुधबार भएको पत्रकार सम्मेलमा नेपाल उद्योग तथा व्यवसायी महासंघ बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले व्यावसायीको पलायन रोक्ने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरे । उनले भने, ‘आयकर भनेको कमाईमा तिर्ने हो अहिले व्यवसायीले बैंकको व्याज तिर्न सकेका छैनौ, साहुको सावा तिर्न सकेका छैनौ । व्यापार मन्दीले गर्दा व्यवसायी को गोदाम का सामाग्री समेत म्याद गुज्रिने अवस्थामा पुग्दैछन् र व्यवसायी को सावा नै डुब्ने खतरामा छ । तसर्थ आयकरमा छुट दिनुपर्छ भन्ने सरकार संग जोडदार माग गर्दैछौ ।’
नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खालि भएका सटर वा गोदाम लाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न तथा हाल लिईरहेको भाडा लाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदा सम्म जती सकिन्छ भाडादरमा छुट उपलब्ध गराउन अध्यक्ष श्रेष्ठले आग्रह गरेका छन् ।
महासंघका बाँके अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले नियमित बढाउँदै आएको घरभाडा सहज अवस्था नहुने बेलासम्म नबढाउन, खाली भएका सटर वा गोदामलाई सहुलियत दरमा उपलब्ध गराई बजार पलायन हुनबाट रोक्न र हाल लिइरहेको भाडालाई अहिलेको आर्थिक मन्दी र घट्दो व्यापार सही स्थानमा नआउदासम्म जति सकिन्छ, भाडादरमा छुट उपलब्ध गराउन माग गरे । श्रेष्ठले आफ्ना घरमा बसेका पाँच जना व्यवसायीको एक वर्षसम्म दश प्रतिशत भाडा छुट दिने घोषणा गर्दै महासंघले नेपालगन्जको व्यवसायलाई टिकाई राख्न स्थानीय सरकारले लिने गरेको व्यवसायिक कर र भाडामा छुट तथा घरधनीको घरबहाल कर मिनाहा गरिदिन अनुरोध गरे ।
नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघका सचिव भीम रानाभाटले व्यवसायीले नियमित तिर्दै आएको नविकरण शुल्कहरु जस्तै नगरपालिका, बाणिज्य कार्यालय, घरेलु, औषधी व्यवस्था कार्यालय, अन्तशुल्क कार्यालय, उद्योग बाणिज्य संघलगायत मातहतका कार्यालयहरुले नविकरण तथा जरिवाना मिनाहा गरिदिन माग गरे । व्यावसायीहरु सञ्जय अग्रवाल, ज्ञानेन्द्र श्रेष्ठ, मधुसुदन शर्मा, भीम कँडेल, मिना ढकाल, सरला विष्टले व्यापारीको पलायनले नेपालगन्जको रौनक घट्दै गएकाले व्यापारीलाई बचाउन र टिकाउन सबै निकाय लाग्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रिय सदस्य सञ्जय अग्रवालले सरकारले व्यापारीलाई ढुक्क भएर लगानी गरेर व्यवसाय संचालन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिए । राज्यले व्यवसायिक सुरक्षाको प्रत्याभुति गराउन नसक्दा पछिल्लो समय व्यापार–व्यवसायमा लगानी गर्नेको संख्या घट्दै गएको र भएका व्यवसाय पनि धरासाय बन्ने खतरा बढदै गएको बताए । नेपालगन्जबाट दुई सय व्यापारी पलायन भइसकेको अध्यक्ष श्रेष्ठले बताए । पछिल्लो समय आर्थिक मन्दीका कारण नेपालगन्जका मुख्य बजार क्षेत्रमै सटर खाली हुँदै गएका छन् । व्यवसायीले व्यवसाय छाडेपछी खाली सटरमा ताला लागेका दृश्यहरु पनि देख्न सकिन्छ भने कतिपय व्यवसायीले घरभाडा तिर्न नसकेर आफ्ना सामानहरु अन्यत्र व्यवस्थापन गर्ने तरखरमा छन् ।
विषम परिस्थितीको निकास निकाल्नको लागी स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकार लगायत सम्वन्धीत सरोकार वाला निकायहरुलाई यस विषयमा गम्भिरतापुर्वक लिईदिन र व्यवसायबाट व्यसायीहरुलाई पलायन हुनबाट बचाउन महासंघले अनुरोध गरेको छ ।